भत्केपाटीमा एनआईसीको शाखारहित बैंकिङ्ग सेवा

nicकाठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकाको भत्केपाटीमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शहरी तथा ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति र गाउँ–गाउँमा समेत वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे बैंकले पछिल्लो समय भत्केपाटीमा बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कीर्तिपुर नगरपालिकाका, मेयर रमेश महर्जनले गरेका थिए । शाखारहित बैंकिङ्ग सेवाबाट मुलुकका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् ।

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामिण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानिको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।

बैंकले हालसम्म १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउनटर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १५७ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १०९ अर्ब र कुल निक्षेप करिब १३४ अर्ब पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित