विश्वकप फुटबल :आयोजक राष्ट्र रसियालाई साउदी अरेबियामाथि ५–० को शानदार जीत

rasiya

 काठमाडौँ । विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रसियाले साउदी अरेबियामाथि ५–० को शानदार जीत हासिल गरेको छ । रसियाले खेलको १२ औँ मिनेटमा नै अग्रता लिएको थियो । अलेक्सान्डर गोलोभिनको पासमा गोल गर्दै युरी गजिनसकी यस विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।

 रसियाले खेलको ४३ औँ मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो । डेनिस चेरसेभको उक्त गोल कुनै पनि सब्सटिच्युडले विश्वकपको उद्घाटन खेलमा गरेको पहिलो गोल थियो । खेलको दोस्रो हाफमा पनि साउदी अरेबियाले रसियामाथि दबाब कायम राखे पनि पोष्टमा सफल आक्रमण गर्न सकेन । खेलको ७१ औँ मिनेटमा आर्तेम जुबाले गोल गर्दै रसियाको अग्रता फराकिलो बताए ।

 उनी अतिरिक्त खेलको रुपमा मैदानमा प्रवेश गर्ने बित्तिकै टोलीका लागि गोल गरेका थिए । खेलको ९० मिनेटपछि इन्जुरी समयमा साउदीले थप दुई गोल खानपुग्यो । चेरसेभले खेलमा व्यक्तिगत दोस्रो गोल गरे भने अलेक्सान्डर गोलोभिनले खेलको अन्त्यमा फ्रिककबाट अर्को गोल थपेका थिए ।

प्रतिक्रिया

सम्बन्धित