बाबुरामको घोषणापत्रमा केवलकार नै केवलकार

काठमाडौं : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले काठमाडौंदेखि सगरमाथा बेसक्याम्पसम्म केवलकार निर्माणको योजना अगाडि सारेको छ। नयाँ शक्तिले तयार गरेको चुनावी घोषणापत्रमा काठमाडौंदेखि सगरमाथाको बेस क्याम्पसम्म केवलकार निर्माण गर्ने उल्लेख छ। भट्टराईको पार्टीले नुवाकोटको बिदुरबाट चीनको केरुङसम्म केवलकार निर्माण गर्ने योजना घोषणापत्रमा समेटेको छ। त्यस्तै दिपायलदेखि खप्तडहुँदै रारा, सुर्खेतबाट जुम्लासम्म पनि केवलकार निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ। थवाङवाट दुनै, पोखराबाट जोमसोम, उदयपुर ओखलढुङ्गा, धनकुटादेखि खाँदबारी केवलकार बनाउने घोषणापत्रमा उल्लेख छ। घोषणापत्रको कभरमा समेत केवलकारलाई प्राथमिकताका साथ देखाइएको छ। नयाँ शक्तिको चुनावी घोषणापत्रमा नेपालमा खेलकुद विकासका लागि एउटा अन्तराष्ट्रिय स्तरको रंगशाला र खेलकुद महाविद्यालय बनाउने घोषणापत्रमा प्रस्ताव गरिएको छ। नयाँ शक्तिले आजै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ। नयाँ शक्तिले ‘सबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान’ भन्ने नारा तय गरेको छ। वाम गठबन्धनसँगको किचलोपछि एउटै घोषणापत्र बनाउने सहमतिबाट पछाडी हटेर नयाँ शक्तिले छुट्टै घोषणापत्र तयार गरेको हो। नयाँ शक्ति देब्रे आँखा चुनाव चिन्ह लिएर चुनावमा सहभागि छ।

प्रतिक्रिया

सम्बन्धित