सम्बन्धनको निर्णय डाक्टरले गर्ने होइन : प्रधानमन्त्री ओली

kpolisarkar

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै ल्याएको बताएका छन् । काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यावहारिक नभएको भन्दै ओलीले भने–‘कुन विषयमा कति कलेज आवश्यक छ, त्यसको अध्ययन गरौं अनि आवश्यकताअनुसार कलेजलाई सम्बन्धन दिऔं ।’

प्रधानमन्त्री ओलीले सोमबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसद्मा चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै पेस भएको बताउँदै लोकतन्त्रमा संसद्ले नै कानुन बनाउने उल्लेख गरेका थिए ।

‘नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनुपर्ने  ? भन्दै ओलीले उल्टै प्रश्न गरेका थिए । अनशनरत डा. गोविन्द केसीप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले भने–‘कसैलाई उक्साएर, जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेका छन् । बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्छन् ।’

उनले चिकित्सा शिक्षा विधेयक, गोविन्द केसीको आन्दोलन, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको विवादजस्ता विषयमा अडानका साथ कुरा राख्न पनि सांसदहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित