कर्मचारीकोकरोडौ कुम्ल्याएर यादव फरार, प्रहरी खोज्दै

nidc

 काठमाडौं । एनआइडीसी डेभलपमेन्ट बैंकको अवकाश योजनामा बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत शिवजी राय यादवले मनोमानी गरेपछि कर्मचारीहरु मारमा परेका छन् । यादव र सञ्चालक समितिले लाखांै घोटाला गरेको प्रमाण बाहिर आएको छ ।

 सरकारले एनआइडीसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय बाणिज्य बैंकमा गाभेपछि एनआडीसीले स्वच्छिक अवकाश योजना सार्वजनिक गरेको थियो । त्यसपछि १८ जना कर्मचारी स्वच्छिक अवकाश योजनामा सहभागी भएका थिए । एनआइडिसीका कर्मचारी स्वच्छिक अवकाशमा जाने भएपछि अर्थमन्त्रालयले अवकाशमा जाने कर्मचारीका लागि २०७४ पुष १९ गते कर्मचारी अवकाशका लागि सहमति दिएको थियो ।
सहमतिपत्र नं ३३६ मा अवकाश योजनामा सहभागी हुने कर्मचारीलाई सेवा गरेको प्रत्येक वर्षको साढे एक महिना र सेवा गर्न बाँकी अवधिको प्रत्येक वर्षको २ महिना (पदाधिकार रहेको पदको शुरु तलव स्केलले हुने) बराबरको रकम उपलब्ध गर्ने भनी उल्लेख छ । तर, एनआइडीसीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत यादव र तत्कालिन सञ्चालक समितिले माघ २०७४ माग १५ गतेको बैंठकले अवकाशमा सहभागी हुने कर्मचारीलाई सेवा गरेको प्रत्येक वर्षको खाईपाई आएको तलबको साढे एक महिना र सेवा गर्न बाँकीको प्रत्येक वर्षको २ महिना (पदाधिकार रहेको पदको शुरु तलब स्केलले हुने) बराबरको रकम थप गरिने उल्लेख गरेको छ ।
मन्त्रालयले अवकाश योजनामा सहभागी हुने कर्मचारीलाई प्रत्येक वर्षको एक महिना १५ दिनको तलब शुरु स्केलका आधारमा गर्ने भनिएको छ । तर, एनआइडीसीको सञ्चालक समितिको बोर्डले भने खाईपाई आएको तलबमा गणना गरि प्रत्येक वर्षको एक महिना १५ दिनको तलब गणना गरि दिएको छ । एनआइडीसीको सञ्चालक समितिले चलाखी गरि मन्त्रालयले पठाएको पत्रमा खाइपाई आएको तलब स्केल भन्ने शब्द प्रवेश गराइ बदमासी गरेको दखिन्छ ।

 मन्त्रालयको पत्रमा स्पष्ट रुपमा शुरुको तलब स्केल भनेर उल्लेख हुँदाहुँदै पनि खाईपाई आएको तलब स्केल भनी एनआइडीसीको सञ्चालक समतिबाट निर्णय गराउन सफल तत्कालिन प्रमुख कार्यकारी अधिकृत शिवजी राय यादव भने बैंकिङ कसुरमा मुद्दा परेका र अवैधानिक रुपमा २ कार्यकालसम्म बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा बसेका कर्मचारी समेत हुन ।

 बैंक स्रोतका अनुसार एनआइडीसी डेभलपमेन्ट बैंकको सञ्चालकले प्रत्येक कर्मचारीको ग्रेड समेत बढाएर स्वच्छिक अवकाशदिएको बताएको छ । बैंकको सञ्चालक समितिका तत्कालिन अध्यक्ष अर्थमन्त्रालयका सहसचिव हरि बस्याल रहेका थिए । अर्थमन्त्रालयले पठाएको पत्रलाई नै तत्याएर बस्यालको सञ्चालक समितिले १७ जना कर्मचारीलाई अवकाश दिँदा एक करोड रुपैयाँभन्दा बढी रकम सरकारलाई घाटा पु¥याएको देखिएको छ ।
१८ जना अवकाशमा सहभागी कर्मचारीमध्ये एक जनाकर्मचारीको भने अवकाश योजनामा फरकमत राखेका कारण अवकाशमा सहभागी भएका छैनन् । अर्थमन्त्रालयले स्वीकृत गरेको अवकाश योजनाअनुसार एनआइडीसी डेभलपमेन्ट बैंकका प्रमुखकार्यकारी अधिकृतले पाउने ‘गोल्डन ह्याण्डसेक’ रकम १६ लाख रुपैयाँ बराबर हुनेमा एनआइडिसी सञ्चालकको बदमासीका कारण ३६ लाख २४ हजार ४५० रुपैयाँ पुगेको छ ।

त्यस्तैगरि, एनआइडीसीमा सबैभन्दा कम तलब खानेले गोल्डन ह्याण्डसेक रकम ७ लाख रुपैयाँ बराबर मात्र पाउनु पर्नेमा १७ लाख ९६ हजार ५६५ रुपैयाँ पाएका छन् ।
कर्मचारीहरुको पैसामा मस्ती गरेपछि भ्रष्टाचारमा तानिएका यादव अहिले फरार छन् । विगतमा पनि बैंकिङ कसुरको मुद्दामा फसेका यादवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) ले खोज्न लागेपछि उनी भूमिगत भएको स्रोत बताउँछ । यादवले एनआईडीसीमा करोडौं घोटला गरेको राष्ट्रिय सतर्कता केन्द्रको अनुसन्धानबाट पनि पुष्टि भइसकेको छ । ( यूनाइटेड पोष्ट साप्ताहिक)

 

प्रतिक्रिया

सम्बन्धित