प्रचण्डसँग अमेरिकी राजदूतको विदाई भेट

prachanda and teplize

   काठमाडौं । सत्तासिन दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राजदूत एलाइना बी–टेप्लिजबीच भेटवार्ता भएको छ । आफ्नो कार्यकाल सकिनै लाग्दा अमेरिकी राजदूत टेप्लिजले आज प्रचण्डसँग विदाइ भेट गरेको जनाइएको छ ।

प्रचण्डलाई भेट्न उनकै निवास खुमलटारमा पुगेकी राजदूत टेप्लिजले नेपाल सुन्दर रहेको भन्दै राजनीति स्थिरता कायम भएकोले अब आर्थिक रुपमा समेत समृद्ध बन्ने आधार भएको बताइन् ।

भेटमा अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजसँग नेपालमा शान्ति प्रक्रिया पूरा हुनुका साथै स्थायी सरकार गठन भइसकेको भन्दै अमेरिकी सरकारको सहयोग र सद्भावको आवश्यक हुने बताए । प्रचण्डले टेप्लिजको कार्यकाल सफल भएको भन्दै नेपालको विकास र प्रगतिमा उनले निभाएको भूमिका सकारात्मक रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित