पोखरामा फेरि अर्की एक युवती मृत फेला

pokhara balika

 पोखरा । आइतबारदेखि हराइरहेकी पोखराकी एक किशोरी मृत भेटिएकी छन् । आइतबार दिउँसो ४ बजेतिर घरबबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत थिइन् ।

फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले शव निकालेको हो । उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन । यसअघि विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको थियो। स्थानीयले पुष्पाको बलात्कार पछि भएको आशंका गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित