बाबुराममाथि अमेरिकामा नपाली युवाको यत्रो आक्रोश ?

baburam

 ‘मर्डरर गो ब्याक’ भन्दै कालो झण्डा देखाएर प्रदर्शन
काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् ।

एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा देखाउँदै मर्डरर गो ब्याक भन्दै नाराबाजी गरेका थिए । उनीहरुले डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाएका थिए । १० बर्षे तत्कालिन माओवादी युद्धमा १७ हजार नेपालीको मृत्यु भएको भन्दै उनीहरुले डा.भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनी असोज २२ सम्म उनी अमेरिकमा रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित