विश्वबाट आतंकबादलाई निर्मूल पार्न नेपालको पनि समर्थन रहन्छ : प्रधानमन्त्री ओली

kp sharma

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सरहाना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताएका छन्। पूर्ण दुईतिहाइ बहुमत प्राप्त वर्तमान सरकारले समृद्धि र सुशासनका लागि प्रयासरत रहेको पनि बताए ।

अमेरिकाको न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वातावरणीय परिवर्तनको विषयमा पनि जोड दिएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो देशलगायत हिमाली र आइल्याण्डहरु रहेका देशहरु वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेकोले यस विषयमा सबै राष्ट्रसंघमा आवद्ध देशहरुले समान धारणा बनाउँदै त्यसबाट बच्न जरुरी रहेको बताए।

प्रधानमन्त्री ओलीले संघको बैठकमा २६ मिनेट मन्तव्य राखेका ब्यक्त गरेका थिए। उनको मन्तव्यमा विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो।

प्रतिक्रिया

सम्बन्धित