एक्सपर्ट एजुकेशनको फेयरमा हालसम्मकै रेकर्ड तोडियो, चार हजार भन्दा बढी विद्यार्थीहरुको उपस्थिती

ekfayar

 काठमाडौं । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिले आयोजना गरेको ‘एजुकेशन फेयर’मा हालसम्मकै रेकर्ड तोडिएको छ ।  शनिबार काठमाडौंको लाजिम्पाटस्थित

 होटल -याडिसनमा सम्पन्न फेयरमा चार हजार भन्दा बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो । अक्सर गरी यसरी आयोजना भइरहने एजुकेशन फेयरमा बढीमा एक हजार जनासम्म विद्यार्थीहरुको उपस्थिति हुने गरेकोमा यो पटक एक्सपर्टले रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।

 मेलाको माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुले अष्ट्रेलियाका शैक्षिक संस्थाका बारेमा अष्ट्रेलियाबाट आएका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श गरेका थिए । परामर्श लिएका विद्यार्थीहरु पनि खुसी देखिन्थे । एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाका शिक्षा प्रणाली, अध्ययनका अवसर तथा चुनौतिहरु र प्राप्त योग्यताको भावि सम्भावना जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँच, अध्ययनका लागि लाग्ने लागतलगायतका विषयमा परामर्श सेवा प्रदान गरेको थियो ।

एउटै छानामुनी विद्यार्थीहरुलाई सम्बन्धित शैक्षिक संस्थाहरुकै प्रतिनिधिबाट सुचना प्रदान गर्नका लागि आयोजना गरिएको मेलाबाट विद्यार्थीहरुले  प्रत्यक्ष जानकारी  लिएको एक्सपर्टका प्रवन्ध निर्देशक खेमराज संग्रौलाले वताए ।
एजुकेशन फेयरमा २१ वटा अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ । विद्यार्थीहरुले एकै स्थानबाट २१ वटा शैक्षिक संस्थाका सम्बन्धित व्यक्तिबाट नै जानकारी लिएका थिए । मेलामा Southern Cross University, Right Australia International college, Excelsia College, KENT Institute, Holmes Institute, Kaplan Business School, UTS Insearch, University Of Wollongong Australia, Torrens University, Flinders University, Western Sydney University लगायतका विश्वविद्यालयहरुको सहभागिता रहेको थियो ।

fayar2

 फेयरमा विद्यार्थीहरुले अष्ट्रेलिया कस्तो देश हो, त्यहाँको शैक्षिक अवस्था कस्तो छ, आफ्नो योग्यता अनुसार शैक्षिक संस्थामा अध्ययन , छात्रबृत्तिको अवसर, चुनौतीहरुको सामना , अध्ययन पछिको भविश्य लगायत सम्पूर्ण विषयको जानकारी लिएको देखिन्थे ।

उच्च शिक्षाका लागि बाहिरिने नेपाली विद्यार्थीहरु पहिलो रोजाइमा पर्दै आएको छ अष्ट्रेलिया । अष्ट्रेलियामा सरकारी ४० र निजी ३ गरी ४३ वटा विश्वविद्यालय सञ्चालित छन् । तिनका सम्बन्धन लिएका कलेजमा समेत नेपालबाट विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् ।

 सन् २००३ मा काठमाडौंको पुतलीसडकबाट शुरु भएको एक्सपर्टको नेपालमा मात्रै १९ वटा शाखा विस्तार भइसकेको छ । मोफसलमा रहेका विद्यार्थीहरुको काठमाडौं नै आउनुपर्ने समस्यालाई मध्यनजर गर्दै एक्सपर्टले काठमाडौं बाहिर पनि शाखा विस्तार गरिरहेको छ । शुरुमा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्टको अष्ट्रेलियामा मात्रै आठ वटा शहरमा शाखा विस्तार भइसकेको छ । अष्ट्रेलियाको सिड्नी, मेलवर्न, व्रिसवेन, एडिलेड, गोल्ड कोष्ट, पारामाट्टा, क्यानबेरा र पर्थमा शाखा कार्यालय छन् ।

 विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गरी स्थानीय स्तरमा समेत शाखा विस्तार गरिएको संग्रौलले बताउनु भयो । एक्सपटको काठमाडौंको महाराजगञ्ज, चितवनको नारायणगढ र रत्ननगर, कावासोती, बुटवल, पोखरा, विर्तामोड, इटहरी, धनगढि, भैरहवा, नेपालगञ्ज, दाङ, हेटौडा, विराटनगरलगायतका मुख्य शहरहरुमा शाखा विस्तार भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित