विद्यार्थीलाई कोठाको पढाइले मात्र पुग्दैन : प्रधानमन्त्री ओली

kp sharma

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने भएको प्रयोगात्मक र व्यवबहारिक शिक्षा दिनु पर्ने बताएका छन् । “अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन । विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताएका छन् । “शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने, “यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ ।” यस बर्ष देखि सुरु गरिएको निरक्षरता विरुद्धको महाअभियानले आगामी बर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरु अब विशिष्टकृत हुने पर्ने बताउनुभएको छ । विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको बताउका छन् । प्रधानमन्त्री ओलीले देशको आवश्यकता अनुसार शिक्षण संस्थाहरु खोल्नु पर्ने बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित