जासुसी संस्थामार्फत नेपालमाथि भारतको नयाँ प्रयोग

nepal

 काठमाडौं । नेपालमा भारतभन्दा पनि चीनले आफ्नो प्रभुत्व बढाउँदै गएको सबैले चाल पाएको बेला भारतीय गुप्तचर संस्था भने भित्रभित्रै झन सक्रिय हुन थालेको छ । भारतभन्दा चीन नै नेपालको आन्तरिक राजनीतिमा सक्रिय भइरहेको हुँदा पछिल्लो समय नेपाली नेताहरूले भारतलाई भन्दा चीनलाई महत्व दिन थालेका छन् ।

 भारतले पनि नेपालको राजनीतिलाई पहिले जस्तो हस्तक्षेप गर्न चाहेको छैन । नाकाबन्दीका बेला नेपालमा बढेको भारत विरोधी भावनालाई नयाँ दिल्लीले मत्थर बनाउन चाहेको छ । बरु चीनको राजनीतिक हस्तक्षेपलाई भारतले आफूविरुद्ध प्रयोग हुन नदिने गरेर रणनीति बनाएको स्रोतले जनाएको छ । त्यसका लागि भारतले नयाँ प्रयोग गर्न लागेको छ ।

 नेपालका दीर्घकालीन असर गर्ने योजनाहरूमा चीनले कब्जा गर्न लागेकोमा भारतलाई चिन्ता बढेको स्रोत बताउँछ । ती परियोजनाहरू रोक्नमै भारतले आफूलाई केन्द्रित गरेको एक नेताले बताए । भारतले नेपाली राजनीतिक दलका नेताहरूलाई भन्दा पनि मिडियामा लगानी बढाइरहेको छ ।

 भारतीय गुप्चर संस्था ‘रअ’कै डिजाइनमा नेपाली नेताहरूलाई भन्दा पनि मिडियामा लगानी थालिएको हो । ‘रअ’ले पहिले जस्तो सिधै नेपाली राजनीतिमा हस्तक्षेप गरेको छैन । भारतले गुप्तचर संस्था ‘रअ’ मार्फत आफू अनुकूलका मिडिया र संस्थामा लगानी गरेर आफ्नो पक्षमा माहोल बनाउने योजनामा लागेको छ ।

 चीनसँग नेपाली कांग्रेका नेताहरूभन्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू नजिक हुन खोजेका छन् । चीनले पनि विभिन्न एनजीओहरू स्थापना गरेर नेपालमा लगानी बढाइरहेको छ । चीनले पश्चिमा र अमेरिकन एनजिओहरूलाई सकेसम्म विस्थापित गर्न खोजेको छ । यसले नेपाल र भारत दुबैलाई फाइदा भएको छ । पश्चिमा राष्ट्रबाट सञ्चालित एनजीओ र आइएनजीओका कारण नेपाल, चीन र भारत सबैलाई बेफाइदा भएको छ ।( यूनाइटेड पोस्ट साप्ताहिक)

 

प्रतिक्रिया

सम्बन्धित