५४ प्रतिशत डाक्टर फेल

NMC

   काठमाडौं । नेपाल मेडिकल काउन्सिल(एनएमसी) ले लिएको चिकित्सक लाइसेन्स परिक्षामा ५४ प्रतिशत डाक्टर फेल भएका छन् । एमबीबीएस उत्तिर्ण भएका उनीहरु एनएमसीको परिक्षामा भने फेल भएका हुन् । त्यसैगरी बीडीएस उत्तिर्ण गरेका ६३ प्रतिशत चिकित्सक पनि फेल भएका छन् ।

शनिबार लिइएको परिक्षामा एमबीबीएस पास गरेका १ हजार ३ सय १६ जना डाक्टर र बीडीएस पास गरेका एक सय ८६ जना दन्त चिकित्सक सहभागी भएका थिए । यसमा एमबीबीएस गरेका ७ सय ५३ र बीडीएस गरेका १ सय १७ चिकित्सक फेल भएका हुन् ।

काउन्सिलका अनुसार लाइसेन्स परिक्षामा एमबीबीएस गरेका ५ सय ९८ जना र बीडीएस गरेका ६९ जना चिकित्सक पास भएको बताए । यसभन्दा पहिले करिब ४ महिना अघि भएको पछिल्लो लाइसेन्स परिक्षामा समेत एमबीबीएस गरेका ७ सय ८४ जना परिक्षा दिएकोमा ७६ प्रतिशत डाक्टर फेल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित