लागुऔषधसहित दुईजना पक्राउ

 

 

hatkadi

जनकपुरधाम ।

सर्लाहीको लालबन्दी नगरपालिकाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं. १३ लखन्ती खोलास्थित लागुऔषध ओसारपोसारको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नं. ९ बस्ने ३२ वर्षिय जयबहादुर मोक्तान र २४ वर्षिकी जमुना मोक्तान रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । पक्राउ परेका दुबैजना दाजु बहिनी रहेको प्रहरीले जनाएको छ । सर्लाहीको प्रहरी चौकी पत्थरकोटबाट खटिएको गस्ति टोली शंकाको आधारमा उनीहरुले बोकेको झोला  चेकजाँच गर्दा प्लाष्टिक भित्र प्याक गरेको ४ किलो ८०० ग्राम लागुऔषध गाँजा फेला परेको जनाएको छ । पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित