४९ वर्ष लागे पारस, परिवार पोखरामा रमाउँदा चितवनमा एक्लै बरालिंदै

parasn

 काठमाडौं । पुर्व युवराज पारस शाहले  यो वर्ष परिवारहरुसँग सँगै बसेर जन्मदिन नमाउने भएका छन्  । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्दै आएका पारसले 

साथीहरुसँग बसेर जन्मदिन मनाउन लागेका हुन । शनिवार पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू चितवनमा सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन् । 

पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका छन् । ‘आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए।  तर पारस आफ्ना साथीसंग चितवन गएका छन्  ।
यही पुस १७ गते अग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो । श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुगेकी थिइन ।

 

प्रतिक्रिया

सम्बन्धित