विदेशी बैंकमा अबैध धन जम्मा गर्ने माथि छानबिन हुन्छ: प्रधानमन्त्री ओली

pmolin

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी बैंकमा अबैध धन जम्मा गर्ने माथि कानुनसम्मत छानबिन हुने बताएका छन् ।

 प्रतिनिधि सभामा प्रतिपक्षी दलले राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने,‘भ्रष्टाचारविरुद्धको अभियानमा सरकार सक्रिय छ, त्यसरी मुलुकलाई असर गर्ने काम भएको भए कारबाहीका लागि सरकार कानुनसम्मत अगाडी बढ्छ ।’

 केही दिन अघी खोज पत्रकारिता केन्द्र (खोपके) को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर बिदेशमा अबैध धन थोपेर्ने नेपालीहरुको नाम सार्वजनिक गरेको थियो।

 अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ ।पूर्व सांसद् वीरेन्द्र महतो,अजेयराज सुमार्गी र अर्जुन शर्मा,आईएमई ग्रुपका चन्द्रप्रसाद ढकाल,एनसेलका सतिशलाल आचार्य र भावनासिंह श्रेष्ठलगायत ५५ जनाले अर्बौ रकम राखेको खुलसा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित