रिमासहित नेपाल आइडल सिजन–२ का विजेता अमेरिका जाँदै

nepal ideal

   काठमाडौं। नेपाल आइडल सिजन–२ का टप थ्रि विजेता अमेरिका जाने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओड, प्रथम बिजेता विक्रम बराल र द्वितीय बिजेता सुमित पाठक अमेरिका जाने भएका हुन् ।

केटीएम इन्टरटेन्टमेन्टले अमेरिकामा आयोजना गर्ने कार्यक्रममा तीनै जना आगामी अप्रिल–मे महिनामा अमेरिका जान लागेका हुन् । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरुले अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छ । बोस्टनको वनडरल्याण्ड बलरुममा अप्रिल १२ तारिख शुक्रबारका दिन कार्यक्रम हुने छ । बोस्टनबाट अप्रिल १२ बाट सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन, अप्रिल १३ न्यूयोर्क, अप्रिल ९ बाल्टिमोर, अप्रिल २० वाशिंगटन, अप्रिल २७ तारिख मिनेसोटा, अप्रिल २८ ड्यालस, मे ३ अस्टिन, मे ४ सनफ्रान्सिस्को, मे १ लसएन्जेलस तथा अन्तिम मे १२ मा सेन्टलुइसमा कार्यक्रम हुने छ । नेपाल आइडलकी कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्ने छिन् ।

प्रतिक्रिया

सम्बन्धित