पूर्वी नेपालका जनजातीको यथार्थ जीवनकथा ‘बैनाबट्टा’मा

bainabatta

   काठमाडौं । राज चाम्लिङको कथामा आधारित भएर फिल्म ‘बैनाबट्टा’ निर्माण हुने भएको छ । फिल्मलाई लेखक स्वयंले निर्देशन गर्दैछन् । फिल्मको हालै राजधानीमा एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ । प्रेम लावतीको निर्माणमा बन्ने फिल्मको छायांकन पूर्वी नेपालबाट केही दिनमा सुरु हुनेछ । 

फिल्ममा पूर्वी नेपालका जनजातीहरुको जीवनमा आइपर्ने यथार्थ जीवनकथा देखाइने निर्देशक राईले बताए । फिल्ममा देबेन्द्र नेम्वाङ, कविता राई, बाबु मोक्तान र रश्मिला तामाङको प्रमुख भूमिका रहनेछ । साथमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश बानेम, रिया सुब्बालगायतको पनि अभिनय रहनेछ ।

एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ सहायक निर्माताको रुपमा रहेको फिल्ममा बुद्धराज इङबा, राज चाम्लिङ, सन्तोष राईको संगीत रहनेछ । ४० लाखको लागतमा फिल्म ‘बैनाबट्टा’ बन्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित