प्रचण्डले अग्निसँग किन पोखे पिडा ?

Prachanda

 काठमाडौं । अमेरिका र पश्चिमा राष्ट्रहरू (युरोपियन युनियन)ले माओवादी पृष्ठभूमि भएका नेताहरूमाथि निगरानी बढाएका छन् । माओवादीको सशस्त्र द्वन्द्व अर्थात जनयुद्धका बेला सर्वसाधारण जनतालाई हत्या गरेको विषयमा अमेरिका र पश्चिमा राष्ट्रहरूले माओवादी नेताहरूमाथि निगरानी बढाएको स्रोतले जनाएको छ ।

 भेनेजुएला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली साथ नदिएपछि केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्को जनयुद्ध जन्मने खतरा रहेको बताएका थिए ।
भेनेजुएला प्रकरणमा नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेपछि अमेरिका र युरोपियन युनियनको पारो चढेको छ ।

 यो प्रकरणले माओवादी पृष्ठभूमि भएका नेकपाका केन्द्रीय नेताहरू निगरानीमा परेका हुन् । प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा हुने गोप्य बैठक र भेलाहरूमा अमेरिका र युरोपियन युनियनले माओवादी पृष्ठभूमि भएका नेताहरूलाई दुःख दिन थालेको गुनासो गर्ने गरेका छन् । नेकपाका नेता अग्नि सापकोटासँग केही दिन अगाडि प्रचण्डले अमेरिका र युरोपियन युनियनको गतिविधिका बारेमा कुराकानी गरेका थिए ।
स्रोतका अनुसार प्रचण्डले अमेरिका र युरोपियन युनियनसँग सम्बन्ध सुधार गरेर पत्नीलाई लिएर केही समय विदेश भ्रमणमा निस्कने योजना बनाएका छन् । तर, विदेश गएका बेला मानवअधिकार र सशस्त्र द्वन्द्वको कुरा उठाएर पक्राउ गर्ने हो कि भन्ने प्रचण्डलाई ठूलो डर छ । बेलायतले नेपाली सेनाका कुमार लामालाई पक्राउ गरेर कारबाही चलाएपछि माओवादीका नेताहरू सर्तक छन् ।

 उनीहरू खासै विदेश जान मन गर्दैनन् । केही समय अगाडि नेकपाका नेता तथा माओवादी पृष्ठभूमि भएका नेता देबेन्द्र पौडेल अमेरिका पुगेर आएका थिए । पौडेलले कसरी अमेरिकासँग सेटिङ मिलाए भनेर प्रचण्डले अग्नि सापकोटासँग जिज्ञासा राखेको उच्च स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित