निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा

spbista

 काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कञ्चनपुर प्रहरीका तत्कालिन प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

 एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ भने इन्सपेक्टर एकेन्द्र खड्का जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद अदालतमा उपस्थित भएका थिए ।

 प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा रहेको सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित