एनआईसी र महालक्ष्मीबीच बैंकासुरेन्स सम्झौता

nic_1

    काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइप mइन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 

मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनआईसी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । करिब १४ लाख ५० हजार ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित