भारतीय स्वतन्त्रता दिवसको उत्सव मनाउन अनिवार्य

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा रहेका सवै मदरसा (मुस्लिम समूदायको धार्मिक शैक्षिक संस्था) हरुले भारतीय स्वतन्त्रता दिवसको दिनमा अनिवार्य रुपमा उत्सव मनाउनु पर्ने भएको छ । हरेक बर्षको अगस्त १५ तारिखका दिन पर्ने स्वतन्त्रता दिवसको अवसरमा सवै मदरसामा राष्ट्रिय झण्डा राख्न र सवै विद्यार्थीलाई राष्ट्रिय गाना गाउन लगाउन पनि प्रदेश सरकारले आह्वान गरेको छ । उत्तर प्रदेश सरकारले शनिबार सवै मदरसाहरुलाई निर्देशन दिदै स्थानीय समयानुसार विहान आठ बजे प्रदेशभरी नै राष्ट्रिय गान गाउन आह्वान गरेको हो । सवै मदरसालाई भारतको स्वतन्त्रताका लागि लड्दा ज्यान गुमाएका सहिद प्रति श्रद्धान्जली व्यक्त गर्न र प्रार्थना गर्न पनि प्रदेश सरकारले आग्रह गरेको छ । सन् १९४७ मा व्रिटीस शासकहरुबाट मुक्त भएको दिनको सम्झनामा त्यही बेलादेखि भारतमा स्वतन्त्रता दिवस मनाउन थालिएको अधिकारीहरुको भनाई छ । स्वतन्त्रता दिवसको दिन भारतमा देशभरी सार्वजनिक विदा समेत दिने गरिएको छ । दिवसको दिन प्रधानमन्त्रीले झण्डोत्तलन गर्ने र राष्ट्रका नाममा सम्बोधन गर्ने परम्परा पनि रहीआएको छ ।

प्रतिक्रिया

सम्बन्धित