देवी ज्ञवालीले भने -मलाई फसाउन नसकेपछि गृहमन्त्रीको निर्देशनमा छोरालाई पक्राउ गरे

काठमाडौँ । भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले आफूलाई फसाउन नसकेपछि छोरालाई फसाइएको  भन्दै आपत्ति जनाएका छन् । चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई गृहमन्त्रीको ठाडो निर्देशनमा पक्राउ गरिएको ज्ञवालीले वताए । चुनावमा हार्ने अबस्था आएपछि मतदातालाई भड्काउने नियतले आफ्नो छोरा निरब ज्ञवालीलाई काठमाडौँमा पक्राउ गरिएको ज्ञवालीको भनाइ छ । निरब देवीका कान्छो छोरा हुन् ।

  निरबलाई दुई महिना अघि नै साम्य भइसकेको विषयलाई लिएर प्रहरीले बुधबार पक्राउ गरेको हो ।  ज्ञवालीले भने - 'माओवादीबाट गृहमन्त्री बनेका जनार्दन शर्माको ठाडो आदेशमा मेरो छोरालाई काठमाडौँमा पक्राउ गरिएको हो । यथाशिघ्र रिहा गरियोस् । म यसको घोर निन्दा गर्छु ।'

  भरतपुर महानगरपालिकामा मतपत्र त्याएपछि त्यसको दोष रेणुले एमालेलाई लगाएकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै रेणुले एमालेले मतपत्र च्यातेको भन्दै एमाले कार्यकर्तामाथि कारबाही गरिनुपर्ने भनेकी थिइन् । जबकी मतपत्र च्यातेको अभियोगमा त्यतिबेला माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रेणुको स्टाटस देखेपछि देवीका कान्छो छोरा निरबले पनि फेसबुकबाटै जबाफ फर्काएका थिए ।पछि उनले माफि पनि मागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित