थाइल्यान्डमा चाइल्ड डे केयरमा गोली चल्दा कम्तिमा ३४ जनाको मृत्यु
थाइल्यान्डमा चाइल्ड डे केयर सेन्टरमा एक पूर्व प्रहरी अधिकारीले गोली चलाउँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ। थाइल्यान्डको उत्तर-पूर्वी क्षेत्रस्थित नान्ग बुआ लाम्फू भन्ने ठाउँमा साना बालबालिकाको हेरचाह गर्ने प्रि-स्कुलमा भएको हमलापछि बन्दुकधारी पूर्वप्रहरी अधिकारी फरार रहेको बिबिसीले जनाएको छ।
प्रहरीका अनुसार मारिने व्यक्तिहरूमा डे केयर सेन्टरका कम्तिमा २३ जना केटाकेटी र केही वयस्क व्यक्ति छन्। आक्रमणकारीले बच्चा र वयस्कहरूमाथि गोली चलाउनुका साथै चक्कूसमेत प्रहार गरेका थिए।स्थानीय प्रहरी कर्नल जक्कापाता विजित्राइथायाले स्थानीय सञ्चारमाध्यमलाई बन्दुकधकारीको नाम पान्या कामराब भएको बताएका छन्। उनलाई गत वर्ष लागुपदार्थ प्रयोग गरेका कारण निलम्बन गरिएको थियो।
प्रतिक्रिया