एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी

काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकस्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ । सो विभागका सचिव सञ्जिव रोकायाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताए । प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीले सहभागिता जनाएका छन् ।
प्रविधि कम्पनी रामलक्ष्मणको डिजिटल ठेगाना कता हो ? भन्ने जानकारीका साथै ड्रोन रोबटको प्रदर्शनी, लघु उद्यमसम्बन्धी नेपालमै मेसिन बनाउने भूमि सप्लायर्स कम्पनीका दुनाटपरी बनाउने मेसिन, फाइबर उत्पादन, केराका पातबाट डोरी बनाउने मेसिन, गल्लीको नक्साबारे जानकारी, अग्र्यानिक कृषि औषधि र मिनी हाइड्रोबारे जानकारी दिने कक्षा राखिएको रोकायाले बताए ।
प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिबारे जानकारी लिएका थिए ।
एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूको प्राथमिक स्वास्थ्य परीक्षणका लागि बैठकस्थलमा स्वास्थ्य सहायता कक्ष राखिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले राखेको सहायता कक्षबाट नेताहरूले रक्तचापको अवस्था, मधुमेह र अन्य प्राथमिक उपचार सेवा लिएका छन् भने औषधिसमेत उपलब्ध गराइएको छ ।
महासङ्घका अध्यक्ष डा.झलक गौतमलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराइरहनुभएको एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । यही फागुन ८ गतेदेखि सुरु भएको एमालेको बैठक आज सकिँदैछ ।
%2520(6)_3Wrti8lCeC_saln1ieagurjyevvqhur8d0gxtdebvxgp7niqoadecgyjuwnzxrgenuxn25a_N74KBgajNo_g66iazijsbgeg7a5cjcol4q2dzgwwqj1ohpeywczegwcdjcd49fgyfyv0rib.jpg)
आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चन्द्रागिरि नगरपालिकालाई वि…
_SuIsIBcfDt_cdh1fxkts0maj8rijcdsfynbf35z8ezh9lx6xdrzfihlf6pdyonmmvkpgo5q_zDWOvINEF5_ww1fcqzeg45js3wb30qlzvoqrqwjempjfqarffev1kzqfzasnxqpetxepddd.jpeg)
डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
%2520MY%2520NEWS%2520_Cc6ToM1mCt_qlyiziohebhvdhg8d7recmnzp4yt1itksls4qcb70mm9sz0xjikr7wiyrxyo_TzuZ8Q61DY_ip3aqeuol6bwqcivffyipqwaq508wiywolr4lkwyoqoe48xpujv5jjjca8ni.jpg)
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_XAi5CF7kCw_9egw7zqyymyi1cgdjrs9gy1motxsxpsez4oebfldsysvklv15tuuqrl2a0pm_zmCqqIQOK0_stxgxo0ajpfgb4odmfpvlvqqzokojx5nicfgsz3rt8nonim1uoctlpxvvc8w.jpg)
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
%2520MY%2520NEWS%2520_BDaTR3lFNL_xjjpbhety5fsilxdtfc5rqfvqq8zqawiozaccdvkbuo8jfdctnctwglldfgt_SOaAlfkUsj_rfjj8ipp40cb9srduubkurekcdstvety9e5sm4dsl44lxdmqzhsfmm6gjfl8.jpg)
यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_e4xcLEIvmL_62lejzzohxfpbqjsldjqyvnvfbcsdek90vzojza8msszffeyeb8knr0wspqt_LtST78ODAN_x9d0ydcptwutyzitpaouj2yhvzoyttfs4zzlgkxseb3lubcb64uwf2rekqiv.jpg)
प्रतिक्रिया