आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भू-भागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भुभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
%2520(6)_3Wrti8lCeC_saln1ieagurjyevvqhur8d0gxtdebvxgp7niqoadecgyjuwnzxrgenuxn25a_mMEgVP3yfT_ustf6imgbpbkdrkw8jqqt1eqnwkkxhqenvvmwkcqoifrkaodgspjhlxme4pv.jpg)
आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चन्द्रागिरि नगरपालिकालाई वि…
_SuIsIBcfDt_cdh1fxkts0maj8rijcdsfynbf35z8ezh9lx6xdrzfihlf6pdyonmmvkpgo5q_qWEGsQmh1K_5p7tn8vr0pu6ymh63nfouaz3xezztos1fzdw0xffvp8zq4qwt4bqjib9hfeq.jpeg)
डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
%2520MY%2520NEWS%2520_Cc6ToM1mCt_qlyiziohebhvdhg8d7recmnzp4yt1itksls4qcb70mm9sz0xjikr7wiyrxyo_V1JSdZ07aK_7nvthjsiz6vbaglq0vom1pggajmgenaiqy5swty6zai6xgmejz1pmssswbil.jpg)
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_XAi5CF7kCw_9egw7zqyymyi1cgdjrs9gy1motxsxpsez4oebfldsysvklv15tuuqrl2a0pm_7yXbASQ9li_zv2e1qcsllysjixobimwu9pzvi29m5gfj9otk9lid0ld7bfuabzmqawj7hdl.jpg)
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
%2520MY%2520NEWS%2520_BDaTR3lFNL_xjjpbhety5fsilxdtfc5rqfvqq8zqawiozaccdvkbuo8jfdctnctwglldfgt_R0UQlksWNM_3ophnacw2yj5cyn8jsbsx4glo0lvo9z6udfguddria4ebwapogbv60srvtdi.jpg)
यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_e4xcLEIvmL_62lejzzohxfpbqjsldjqyvnvfbcsdek90vzojza8msszffeyeb8knr0wspqt_BY9Ik24msm_db914p4cjde5zsu5qbmsurctbryrfo2r6xooln3u34zwyyyo3ymlfj8mfdga.jpg)
प्रतिक्रिया