संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ

इस्तानबुल। टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ।परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ । प्राचीन समयमा मानिसहरूले यहाँ देवताहरूलाई प्रसन्न पार्न पशुबलि दिने गर्दथे।
तर, अहिले मन्दिरको रहस्य खुलेको छ । अन्वेषकहरूका अनुसार मन्दिर भित्र पृथ्वीको कवचबाट खतरनाक ग्याँसहरू चुहिरहेका छन्। यति मात्र होइन, मन्दिरको प्रवेशद्वारमा कार्बनडाइअक्साइडको घातक सांद्रता भेटिएको छ । यही कारणले गर्दा कुनै पनि जीवित प्राणी मन्दिरमा प्रवेश गर्ने बित्तिकै मर्छ। पुरातत्वविद्हरूले अध्ययनमा मन्दिर भित्र कार्बनडाइअक्साइडको मात्रा धेरै भएको पत्ता लगाएका छन् ।
अनुसन्धानकर्ताहरू भन्छन् कि यस मन्दिरको दर्शन गर्नको लागि सबैभन्दा खतरनाक समय बिहान हो। किनभने रातमा ग्याँसको चुहावट धेरै छिटो हुन्छ। यदि कसैले बिहान उज्यालो हुनु अघि यस मन्दिरमा प्रवेश गर्यो भने उसको मृत्यु निश्चित छ। सूर्य उदाउने बित्तिकै ग्याँसको चुहावट कम हुन्छ। जसका कारण जीवित प्राणीको मृत्यु हुने सम्भावना पनि कम हुन्छ ।स्ट्रोबीका अनुसार यो एक सानो खुला ठाउँ हो। यो ठाउँमा एक पटकमा एक जना मात्र प्रवेश गर्न सक्छन्। टाढाबाट हेर्दा गुफाजस्तो देखिन्छ । मन्दिर भित्रको दृश्य एकदमै धमिलो देखिन्छ। यस्तो अवस्थामा सतह हेर्न निकै कठिन हुन्छ । चरम अन्धकारका कारण त्यहाँ जाने जो कोही पनि खतरनाक ग्याँसका कारण खसेर मर्ने गर्दछ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_f3FyngKyJF_yawzpfa7ltudb5zvg7496m7ejnpg3wixdk5zibmohwhtcl9vhrithvr50lgg.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_vvAewRIa1S_1awiqdnwby3m4m4zvwqkuoqmilwq5qeqxiks2zapkagdmamoeds4sigfzorv.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_IPNgebRPz3_ykqluyrzwiwmqje2njklhvb7ch7qm46m3jw6jytdfxesffoiyukuc9wvwrs8.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया