राष्ट्रको लागी २ घण्टा अभियानको दोश्रो  चरण अन्र्तगत ६१औ हप्ताको कार्यक्रम सम्पन्न

भक्तपुर । 
राष्ट्रको लागी २ घण्टा अभियानको दोश्रो  चरण अन्र्तगत ६१औ हप्ताको कार्यक्रम आज अभियानले बिगतमा अरनिको राजमार्ग सडकको दायाँ बाँया हरियाली बनाउनका लागि गरेको फुलजन्य विरुवाहरुको बृक्षारोपणको संरक्षणका लागि बास लगाएत जालि सहितको प्रयोगले बार लगाउने तथा बिरुवा रोपियको स्थानमा घास लगाएत सरसफाई गर्दै सम्पन्न भएको छ । 
मध्यपुर थिमि, सुर्यविनायक, चाँगुनारायण लगाएतका नगरपालिका एबम् काठमाण्डौ उपत्यका विकास प्राधिकरण, वन डिभिजन कार्यालय भक्तपुर लगाएतको  सहकार्यमा हरियाली संरक्षण तथा सम्बर्घन कार्यक्रम अन्र्तगत उक्त श्रेत्रमा बिगतमा बृक्षारोपण गरिएको थियो । 

अभियानका अध्यक्ष मधु ढुङ्गेल ,मध्यपुर थिमि र  सुर्यविनायक नगरपालिकाका पुर्व-उप  प्रमुख तथा अभियानका सल्लाहकार दोय अन्जना देवी मधिकर्मी , जुना बस्नेत ,अभियन्ता भागीरथा सिटौला ,जिवन विज्ञानका सुरेन्द्र बिजुक्क्ष ,अध्यक्ष मोहन थापा ,ट्राफिक प्रहरी,लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि,अभियान्ताहरुको उपस्थितीमा आजको कार्यक्रम भब्यताका साथ सम्पन्न भएको अभियानका उपाध्यक्ष नरेश रन्जितले बताए । 

साथै अभियानमा सहभागिता जनाउनुहुने नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, नेपाल स्वच्छ वातावरण सृजना केन्द्र, डिबाईन युथ क्लब नेपाल, सामुदायिक प्रहरी, ट्राफ़िक प्रहरी,सुर्यबिनायक नगरपालिका नगर प्रहरी, पातन्जल योग समिती, वेभ ग्रुप, ह्यापी ग्रुप, दक्षिणकाली सहकारी, आस्था महिला विधालय, ह्यापी एण्ड हेल्थ ग्रुप,अग्रगामी नेपाल, यमना लाईन्स क्लब, सचेत मार्ग टोल सुधार समिति, नवदुर्गा महिला समुह, स्वच्छ बातावरण सन्जाल, हलिओ स्कुल, रिट्रनिङ फेडरेशन नेपाल, क्याप नेपाल, मानवीय आस्था नेपाल, चानक्य कलेज, शान्ति निकेतन स्कुल, सागबारी टोल सुधार समिती, स्वनिगःसाकोस, शुभश्री बचत, सिद्धार्थ बचत, मध्यपुर सन्चार समाज, राष्ट्रीय युवासंघ नेपाल, समानान्तर निर्माण सेवा प्रा,ली मेरिगोल्ड ईङ्लिस स्कुल, बालकोट सहकारी, पातञ्जल योग समिती,साथै विभिन्न संघ सस्था, बिभिन्न पार्टीबाट  प्रतिनिधिहरु, लगायत सम्पूर्ण सेवकहरुमा अभियायले धन्यबाद समेत ब्यक्त गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित