प्रमुख जिल्ला अधिकारी सहितको टोलिद्धारा बलेफी गाउँपालिकाको नबनिर्मित भबनको निरिक्षण

 

सिन्घुपाल्चोक ।
सिन्घुपाल्चोकका प्रमुख जिल्ला अधिकारी  झक्कप्रसाद आचार्य लगाएतको टोलिले आज जिल्ला स्थित बलेफी गाउँपालिकाको नबनिर्मित भबनको निरिक्षण भ्रमण गरेको छ । बागमती प्रदेश अन्तर्गतको बलेफी गाउँपालिकाको नयाँ भबन अनुगमनका क्रममा गाउँपालिका प्रमुख श्री गंगा बहादुर तामाङ एबम् प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहालले प्रमुख जिल्ला अधिकारी आचार्य सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु तथा भ्रमणमा सहभागीहरुलाई स्वागत गर्दै भबनका बारेमा जानकारी गराएका थिए ।

पूर्वमा बाह्रबिसे नगरपालिका, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेको तथा सुनकोशी र बहयणी नदीको पवित्र संगम स्थल पूर्व, पश्चिम र दक्षिणी सिमानामा नदी  रहेका यस गाउँपालिकाले चाडै नै आप्mनो नबर्निमित भबनबाट कार्यसम्पादन गर्ने तयारीमा रहेको छ । 

हाल गाउँपालिका अन्र्तगतको वडा नं १ को भबनबाट स्थानियहरुलाई सेबा प्रदान गर्दै आएको गाउँपालिकाले अब चाडैनै आप्mनै भबनबाट सेबा प्रदान गर्ने गाउँपालिका प्रमुख श्री गंगा बहादुर तामाङले माइन्युजनेपाललाई बताए । यसै क्रममा आज नबनिर्मित भबनको प्रमुख जिल्ला अधिकारी सहितको टोलिले भबनको अबस्थाका बारेमा जानकारी लिनका लागि भ्रमण गरेको समेत उनले बताए ।

पालिकाले आप्mनै भबनकाबाट सेबा प्रबाह गर्ने थालेसँगै सेबा थप चुस्तदुरुस्त हुने प्रमुख तामाङको भनाई थियो । 

अनुगमन भ्रमणमा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोेकका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का सशस्त्र प्रहरी बल सिन्धुपाल्चोका प्रमुख प्रहरी उपरीक्षक राजेश्वर पोखरेल लगाएत  राजनितिक दलका प्रतिनिधि लगायतको उपस्तिथिती  थियो ।

प्रतिक्रिया

सम्बन्धित