भक्तपुरको चाँगुनारायणमा भिषण आगलागी ,२ जना घाइते ,एकको अबस्था गम्भिर


भक्तपुर । 
भक्तपुरको चाँगुनारायणमा भिषण आगलागी भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं  २ दुवाकोट मोडमा रहेको सन्तोष मान श्रेष्ठले संचालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक राजन कार्कीले बताए ।

 नेपाल प्रहरी , शसस्त्र प्रहरी बल दुवाकोट , भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रे बाट ७ वटा दम्कल, भक्तपुर, ललितपुरबाट ४ वटा पानी ट्याङकर र स्थानीयहरूको सहयोगमा  आगलागी नियन्त्रणमा लिएता पनि हाल उक्त स्थानमा धुवाँ आईरहेकोले दम्कल र स्काईभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको समेत उनले बताए ।

आगो निभाउने क्रममा जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल  भक्तपुर दुवाकोट बस्ने वर्ष २३ को बुद्व नारायण श्रेष्ठ  सामान्य घाईते भएका छन् भने  भारत बंगाल घर भई हाल सोहि स्थानमा काम गर्ने वर्ष २९ को मनु उर्वा गम्भिर घाईते भएकाले उनको समेत  ईवामुरा अस्पताल भक्तपुरमा लगिएको र उनको थप उपचारको किर्तीपुर अस्पतालमा लगिएको छ  ।

आगलागीमा  अन्दाजी एक करोड असी लाख बराबरको क्षती भएको र घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई  अनुसन्धान कार्य भईरहेको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित