थ्रिडि आर्ट म्युजियम भक्तपुरमा ग्राहक लक्षित विशेष योजना सार्वजनिक

काठमाडौं ।भक्तपुरको राधेराधेमा रहेको थ्रिडि आर्ट म्युजियमले आफ्ना ग्राहक लक्षित विषेश योजना सार्वजनिक गरेको छ । भक्तपुरको राधेराधेमा रहेको आर्ट म्युजियमले ग्राहकहरुलाई आकर्षक ३३ प्रतिशत सम्मको छुट  दिने योजना सार्वजनिक गरेको संस्थाको व्यवस्थापक चन्डिका केसीले बताइन । केसीका अनुसार थ्रिडि आर्ट म्युजियम भ्रमण गर्न आउने हरेक ग्राहकले विभिन्न छुट कुपनका साथै प्रवेशमा ३३ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन । त्यस्तै  संस्थाले म्युजियम भ्रमण गर्न आउने ग्राहकका लागि भक्तपुरको राधेराधेमा संचालित चिकेनस्टेशन र ट्रन्ङकुली टाइम्स स्पामा सेवा लिदा विशेष छुट  समेत प्राप्त गर्ने छन। 

भक्तपुरको राधेराधेमा संचालित थ्रिडिआर्ट म्युजियम पछिल्लो समय लोकप्रिय हुँदै गैरहेको छ । भक्तपुरको व्यवसायीक सहर भनेर चिनिने राधेराधेमा भाटभटेनी लगायतका स्थानहरुमा विभिन्न कामले आउने व्यत्तिहरुका लागि थ्रिडिआर्ट म्युजियम उत्कृष्ट मनोरन्जन गन्तव्य बन्दै गैरहेको हो । 

प्रतिक्रिया

सम्बन्धित