एटलान्टाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौँ । इटालियन क्लब एटलान्टाले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ ।

 

गएराती सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मनी क्लब बायर लिभरकुसेनलाई ३-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो । एटलान्टाको जितमा एडमोला लुकम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औं, २६औ र ७५औं मिनेटमा गोल गरेका थिए ।

 

एटलान्टाले युरोपा लिगको उपाधि जितेको यो पहिलो पटक हो ।

 

त्यस्तै यस सिजनमा ५१ खेलमा अपराजित रहेको लिभरकुसेनको यात्रा भने यो हारसँगै रोकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित