भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’ मा पार्ने शोभा पाठक प्रहरी हिरासतमा


काठमाडौं | भीआइपी टार्गेट गरेर ‘हनि ट्रयाप’ मा पार्ने शोभा  पाठकलाई प्रहरीको साइबर ब्युरोको टोलीले आज पक्राउ गरेको छ ।सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी आज ललितपुरको पुल्चोकबाट पक्राउ परेकी छिन् ।

पछिल्लो समय एकपछि अर्को भीआइपीसँग नाम जोडिदै आएकी शोभाको वास्तविक नाम हो जानुका । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ ३१ वर्र्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको पाइएको छ ।
उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको विभिन्न प्रमाणले देखाएको छ ।
शोभाले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्र्मी सहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक गर्दै आएको पाइएको छ । विभिन्न कार्यक्रममा भेट भएको बेला फोटो लिइ हाल्ने र सम्बन्ध बनाउँदै बागर्नेनिङ समेत गर्ने गरेको पाइएको छ ।

शोभाले सम्बन्ध राखेर कसै–कसैबाट मोटो रकम तथा जग्गा जमिन आफ्नो नाममा ल्याउने गरेको समेत खुलेको छ । शोभाले कानुनको दुरुपयोग गर्दै जवरजस्ती करणीको चारवटा मुद्धासमेत दर्ता गरेको बताइन्छ । शोभाले विषेशगरी पैसा र पावर भएका व्यक्तिसँग चिनजान हुनसाथ मदिरा सेवन गर्ने, अश्लिल शब्दहरु बोल्ने र त्यसलाई आफैं रेकर्ड गरी ट्रयापमा पार्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित