महालक्ष्मी नगरपालिकाका बिघालयका प्रधानाध्यापकहरुले गाए साँझा बसमा जो पनि चढ्दछ

ललितपुर ।
महालक्ष्मी नगरपालिका अन्र्तगतका सरकारी तथा सामुदायिक बिघालयका प्रधानाध्यापकहरुले साझा बस चढ्दै एकै स्वरमा साँझा बसमा जो पनि चढ्दछ भन्ने गित गुनगुनाएका छन् ।  नेपालको पहिलो थ्रि डि आर्ट म्युजियम भ्रमण गर्नै क्रममा म्युजियममा निर्माण गरिएको साझा यातायातको बस चढ्दै प्रधानाध्यापकहरुले उक्त गित गाएर रमाइलो गरेका हुन् । भ्रमणमा प्रधानाध्यापकहरु साझा बस चढेर त्रिभुबन अन्र्तराष्टिय बिमानस्थल गएर नेपाल बायुसेबा निगमको जहाजमा फ्रान्सको पेरिसमा रहेको आईफिल टावर समेत पुगेको अनुभब साटेका छन् ।  शिक्षक तथा प्रधानाध्यापकहरुलाई पेसागत दक्षता, क्षमता अभिवृद्धि र वृत्तिविकासका लागि लक्षित गरेर थ्रि डि म्युजियम भ्रमण कार्यक्रम गरिएको हो ।
नगरपालिमा  संचालित  सरकारी तथा सामुदायिक बिघालयका प्रधानाध्यापक सहितले आज ललितपुरको इमाडोलमा रहेको थ्रि डि आर्ट म्युजियम भ्रमण गरेको महेन्द्र आर्दश माध्यामिक बिघालय इमाडोलका प्रधानाध्यापक एक बहादुर भण्डारीले बताए । 


म्युजियम भ्रमण कार्यक्रममा आप्mनो लागि एकदमै नौलो र मनोरन्जनात्म रहको महेन्द्रग्राम माध्यामिक बिघालयका प्रधानाध्यापक भरत खनालले बताए । भ्रमण कार्यक्रममा सिद्दिमंगल माध्यामिक बिघालयका प्रधानाध्यापक मिन अछामी , सिस्नेरी माध्यामिक बिघालयका प्रधानाध्यापक उमेश मन्डल ,कालीदेबी माध्यामिक बिघालयका प्रधानाध्यापक शेर बहादुर ,श्री महालक्ष्मी माध्यामिक बिघालयका प्रधानाध्यापक निर प्रसाद दुलाल ,सुर्योदय बाल बिकास माध्यामिक बिघालयका प्रधानाध्यापक महेन्द्र पण्डित , बिश्वमित्र माध्यामिक बिघालयका प्रधानाध्यापक ठाकुर प्रसाल उपाध्याय ,गम्भिर समुन्द्र सेतु माध्यामिक बिघालयका प्रधानाध्यापक निरा श्रेष्ठ तथा लुभु माध्यामिक बिघालयका प्रधानाध्यापक प्रभा अमात्य लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित