टी-२० विश्वकपमा आज दुई खेल हुदै

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह सी अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुदै छन् ।

 

ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।

 

जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समुह सी मा दोस्रो स्थानमा रहेको छ ।  अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।

 

समुह सी मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ । त्यस्तै युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्याण्डले २ खेलमा लागातर हार बेहोरेको छ ।

 

त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुदै छ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुदै छ ।

 

समुह ए अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ । अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिस्चित गर्ने छ । त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित