त्रिशूली नदी किनारमा बस खस्दा २० घाइते, पाँच गम्भीर

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । 

नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । शुक्रवार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुवाहक बस त्रिशूलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशूलीमा खसेको हो । स्पिडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ

दुर्घटनामा केही यात्रु घाइते भए पनि दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित