कृती अंग्रेजी माध्यामिक बिघालयका बिघार्थीहरु थ्रि डि आर्ट म्युजियममा

ललितपुर ।
ललितपुरको र्कितिपुरमा रहेको कृती अंग्रेजी माध्यामिक बिघालयका बिघार्थीहरुले थ्रि डि आर्ट म्युजियम भ्रमण गरेका छन् । बिघालयमा अध्यनरत कक्षा यु के जि देखि कक्षा ४ सम्मका करिब १५० जना बिघार्थीहरुले आज नेपालको पहिलो र एक मात्र थ्रि डि आर्ट म्युजियम भ्रमण गरेको हुन् । म्युजियम भ्रमण कार्यक्रममा बिघार्थीहरुका साथै बिघालयमा अध्यापन गराउँदै आउनु भएका शिक्षीका एबम् कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । 

भ्रमणमा आउनु भएका बिघार्थीहरु  लगाएतका सहभागिहरुलाई म्युजियम परिबारले  नृत्य सहित  स्वागत गरेको थियो । म्युजियम भ्रमण गर्ने क्रममा सहभागि बिघार्थीहरुले आर्टको चिप्लेटि, पोखरी , एकोरियम रुम लगाएतमा संयुक्तरुपमा फोटो भिडियो खिचेर मनोरन्जन लिएका थिए । त्यस्तै बिघार्थीहरुले बुद्ध जन्म भुमि लुम्बीनी भ्रमण गर्दै ध्यान समेत गरेका थिए भने , साझा यातायात र नेपाल एयरलायन्सको बिमान समेत चढेका थिए । 

बिघार्थीहरुलाई पढाईका साथै अतिरिक्त कृयाकलापमा समेत बिशेषरुपमा जोड्दै आएको कृती अग्रेजी माध्यामिक बिघालयले नियमित कार्यक्रम अन्र्तगत आज थ्रि डि आर्ट म्युजियम घुमाएको बिघालयका संस्थापम प्रिन्सीपल कृष्ण उपाध्यायले बताए । म्युजियम भ्रमण पश्च्यात अनुभब बताउँदै  उपाध्यायले भने  " म्युजयमका बारेमा धेरै सुनेका थियौ एसै क्रममा हामीले म्युजियममा सम्र्पक गर्यौ र हामी पहिले घुम्न आयौ । हामी आएर यहाँ घु्मि सकेपछि यो ठाउँ एक पटक आउनै पर्ने ठाउँ रहेका निष्कर्ष सहित करिब १५० बच्चाहरु हामीले घुमायौ । थ्रि डि आर्ट म्युजियम भ्रमण गर्न पाउँदा बिघार्थीहरु एकदमै रमाएको पाए । सुरक्षाका हिसाबले पनि सबै गतिबिधि घरभित्र गरिने भएकाले घाम पानी सबैका हिसाबले राम्रो रहेको र बच्चाहरु आप्mनै घरभित्र अभिभाबकहरुसँग रमाएको जस्तो अनुभब गर्नै कुरा मलाई साह्रनै नै मनपर्यो । "

चाडै नै सिनियर कक्षाका बिघार्थीहरुलाई समेत म्युजियम भ्रमण गराउने बताउँदै प्रिन्सीपल उपाध्यायले अन्य बिघालयलाई समेत एकपल्ट आप्mना बिघार्थीहरु म्युजयम भ्रमण गराउनु आग्रह समेत गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित