श्री महेन्द्र आर्दश माध्यमिक बिघालयले मनायो ६७औ बार्षिक उत्सब


ललितपुर ।
ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा रहेका श्री महेन्द्र आर्दश माध्यमिक बिघालयले ६७औ बार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न ६७औ बार्षिक उत्सब कार्यक्रम बिशेष समारोह सहित सम्पन्न गरिएको बिघालयका प्रिन्सीपल एक नारायण भण्डारीले बताए । 

बिधार्थी संख्या धेरै भएकाले अभिभाबक दिबस कक्षा ५ सम्मका बिधार्थीहरुका लागि २ गते तथा कक्षा ५ भन्दा माथिका बिधार्थीहरुका लागि आज मनाइएको समेत प्रिन्सीपल भण्डारीले बताए । 

अभिभाबक दिबसको अबसर पारेर बिघालयले बिघार्थी सम्मान , शिक्षक सम्मान , बिभिन्न सांस्कृतीक कार्यक्रम , अभिभाबक सम्मान तथा पुरस्कार बितरण लगाएतको कार्यक्रम गरेको  थियो ।

अभिभाबक दिबस समारोहमा महालक्ष्मी नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरन्जीबि पौडेल, नगरपालिका अन्र्तगतका बिभिन्न बिघालयका प्रतिनिधि, थ्रि डि आर्ट म्युजियमका प्रतिनिधि लगाएत अभिभाबक , स्थानिय जनप्रतिनिधिहरु ,बिघालयका पुर्ब बिधार्थी , पुर्ब शिक्षकहरुको समेत ब्यापक सहभागिता रहेको थियो  । 

 


 

प्रतिक्रिया

सम्बन्धित