रास्वपाको सय दिन- सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/F893F3DB-86D3-444D-978E-27B3DC2E7F57_Ec19Ew6w5t_uxctiipdvncyhrhyulpfofsb3nvhhrlmvuxvx4vsj55o1ixp93ixkey8ywcg_X1ayCyuig2_aymikgg929a2vqraxgvq9fue5sq5oh66ijtbfhadxvlsnadw56y2jkq6mfvf.jpeg)
काठमाडौँ नयाँ सत्ता समीकरण बनेको १०० दिन पुग्दै छ । सरकारले सोचे जस्तो कम गर्न नसकेको र खासगरी आम जनताको जीवनस्तरमा फरक पर्ने कम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला नयाँ पार्टीले सरकारमा गएको सय दिनमा के गरे भन्ने प्रश्न आम रुपमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त आफ्नो सय दिनको कामको विवरणमा नराम्रो काम केहि नगरेको र नियमित काम मात्र गरेको स्पष्ट रुपमा बताए । गृहमन्त्री बाहेक रास्वपाका अन्य मन्त्रीले पनि सोचे जस्तो र देखिने गरि काम गर्न नसकेपछि आम स्तरबाट आलोचना शुरु भएको छ ।
गृहमन्त्री लामिछाने यस अवधिमा शुरु देखि नै सहकारी प्रकरणले घेराबन्दीमा परेको देखियो । न त उनले यसको कडा प्रतिवाद गरेर आफु निर्दोष छु भन्ने साबित नै गरे न त उनीमाथि ठोस छानबिन हुने संकेत नै देखिएको छ । स्पष्ट रुपमा भन्दा उनी आफ्नो बचाउमा बालकोट र बालुवाटार गर्दैमा सय दिन बिताए । त्यस्तै सत्ता साझेदार एमाले र माओवादीले भने लामिछानेको कमजोरीको फाइदा उठाउदै उनको विषय स्पष्ट छानबिन पनि नगर्ने र आफुहरु साथमै रहेको आभास पनि दिइरहने काम गरे । यसले रास्वपाको २१ मतलाई आफ्नो पक्षमा राखिराख्ने र अन्यथा भए लामिछानेमाथि कुनै पनि बेला छानबिन पनि गर्न सकिने अवस्था कायम राख्न उनीहरु सफल भएको देखियो । यो अवस्था अहिले पनि रहेको छ । रास्वपा पार्टीको रुपमा प्रयोग भयो, जसबाट उसले नत जनताको पक्षमा काम गरेको देखाउन सक्यो न त राजनीतिक फाइदा उठाउन सक्यो । सत्ताको चक्रमा अहिले लामिछाने आफिया फसेको जस्तो देखिएका छन् ।
त्यस्तै अर्का रास्वपाबाट खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठले पनि खेलकुद क्षेत्रमा खासै काम गर्न सकेको देखिएको छैन । उनकै कार्यकालमा नेपालले दशरथ रंगशालाको मान्यता गुमायो र नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल बाहिर खेल्नु पर्यो । यसमा उनी निरिह जस्तै देखिए । हुन त दशरथ रंगशालाको पूर्वाधार बिग्रनुमा उनको भूमिका छैन तर पनि घटनाक्रमलाई आफ्नो हातमा लिएर उनले नेपालमै खेल हुने वातावरण बनाउनु पर्नेमा त्यस्तो गर्न नसकेको देखियो । त्यस्तै क्रिकेटमा नेपालले पाउदै गरेको सफलता अनुसार पूर्वाधार नभएको अवस्थामा अहिलेसम्म पनि स्टेडियम बनाउने, एकेडेमी बनाउने विषय कागजमै सिमित छन् । यसमा ठोस काम अहिलेसम्म पनि अगाडी बढाउन सकेको देखिदैन । मन्त्री श्रेष्ठले देखिने गरि गरेको काम लामो समयदेखि खेलाडीले नपाएको पुरस्कार रकम वितरण गरेका छन् । यसका लागि उनलाई जस जान्छ ।
त्यस्तै रास्वपाका अर्का मन्त्री डोलप्रसाद अर्यालले पनि सोचे अनुसार काम देखाउन सकेका छैन । उनले श्रमधान कार्यक्रम शुरु गरेपनि त्यसको स्पष्ट खाका र विश्वस्त हुने आधार देखिदैन । अलिकति प्रचार मुखी देखिएको कार्यक्रमले रोजगारमा ठोस भूमिका खेल्छ भनेर विश्वास गर्न सकिन्छ ।
त्यसैगरी शिक्षामन्त्री सुमन श्रेष्ठले केहि सुधारका काम गर्न खोजे पनि उनी उत्तिकै विवादमा पनि परिरहेकी छन् । उनले शिक्षकलाई राजनीतिबाट बाहिर राख्ने महत्वपूर्ण कदम चाल्न खोजेकी छन् तर सत्ता समीकरणमै रहेका प्रमुख दलको साथ पाउन सकेकी छैनन् । तुलनात्मक रुपमा रास्वपाका मन्त्रीहरु मध्ये सुमनाले काम गर्ने खोजेको देखिन्छ ।
रास्वपाले आफ्नो बाचा पत्रमै भ्रष्टाचारका फाइल खोलिने र ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, ‘बेटी पढाउ, बेटी बचाउँ’ का लागि साइकल खरिद काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना काण्डलाई विशेष प्राथमिकता दिने उल्लेख छ । तर अहिले देशको गृहमन्त्री रहेका लामिछानेले आफ्नो बाचा पत्र बिर्सेका छन् । उनले फाइल खोल्ने कुरा त गर्छन् तर आफ्नो पार्टीको बचापत्रमा भएका काण्ड बारे फर्केर हेरेको पनि देखिदैन ।
यसरी सय दिनमा रास्वपा सहकारीको वरिपरी घुमिरहेको र आफ्नो बचाउमै समय खर्चेको देखिन्छ । कम्तिमा गृह, खेलकुद, श्रम र शिक्षामा आफुले चुनाव अघि गरेका बाचालाई टेबुलमा राखेर काम शुरु मात्र गरेको भएपनि केहि हुदै छ भन्ने आधार हुने थियो । सभापतिले नै नराम्रो काम नगर्नुनै उपलब्धि हो भन्दै सत्ता संचालनमा कमजोर देखिनुले नयाँप्रतिको वितिष्णा बढ्ने भरोसा टुट्ने अवस्था बनेको छ ।
![रौतहटको पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp-Image-2024-06-27-at-11.27.43_5fddce5d.jpg_1jW9V15lEF_gquj1x6ajirsdytrtzufflp2a41kk4plzso39yz4o2gzayaw4t185tkahmus_P2a1dEJWrC_ah88zxgkekejataots36h3gdd96v5nn1jezyncbdrelpjnrxe0p1nuu7jsbj.jpg)
रौतहटको पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण हुँदै
![साउन १८ र १९ मौका परीक्षा- १ लाख १५ हजार ८३४ ले दिन पाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Board.jpg-1%2520(1)_1UAbVsVaDI_fpbaamc7cfopcxv4tkfwbcdevafntkqzrljr9d5cfq90igybbnko6cdk7rop_WaH1WUICDx_q4pltdgkgunf4em9khfvimdll8q15posinaa7js6dguco9ivx48anvoaiumq.jpg)
साउन १८ र १९ मौका परीक्षा- १ लाख १५ हजार ८३४ ले दिन पाउने
![एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/9637442B-C28D-4467-9A3B-942141E44042_AOftG7P3pZ_pa5ht1mt8yiovflm4usoeleb1v8vr85dumeeoweh5j7wkhgh3k5eftvs1cw2_NjhrsFUuY7_b55ncjk5wkdomqsaodc1aq0vnlrn82iymys6nirav0agagf9gulhpupmkrp9.jpeg)
एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण
![एसइईको नतिजा आज आउदै](https://snowberry.prixacdn.net/media/gallery_folder/FB6164CC-7407-45FE-B439-18CFD6C58FA5_9fmYI0AgDf_vpztnqx2tod6ii87abdft3imf53jipw98xkjnain5pgrdkpevv3pwuirnhkw_sPWa6qX8pQ_18spndzpy1jq9fzrdpp8diupqldq7xcyxmyquyy6bupzaegvq3zs5nw7vqz5.jpeg)
एसइईको नतिजा आज आउदै
![एसइईको नतिजा विहिबार](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-Board.jpg-1_On6HiftkkC_nlurdboc91knoalxomnle1eq38h2yzrpnbrhp3a61epp0cldv1x7g1i7gvhk_akGbT8NTZ3_5qxwdj4dnjfsubsquti8lydd5ysy2dn0bg63kcf8faj4i5zvtfain0zvsnaz.jpg)
एसइईको नतिजा विहिबार
![बाढी पसेपछि विराटनगर विमानस्थल बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/Biratnagar.jpg_a2xzc8Cnjg_fzut8wecwpxsts8cxzhjst4dhdrauxzyjtoknawgv3drq1fdhyaso6z3cwew_sMXVBm4laP_ftssgce4odboz21gtdef4vtphhjlve6zvubdxr7xfib2b2wlyetamwmwvuoo.jpg)
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
![जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Muglin.jpg_OMBu00nakP_skgfgvfkzublvl25xjff5uxklo5sszlqi7yfymdbbkavqb4lvzilkaxvhjij_zHKVl3gcUe_wtvyubt2ikpwsapjqcluq2fefrqxgk5aiqcpqgf7k8expb7vctmo0iiquwtu.jpg)
जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
![कास्की र लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-pokhara-1024x514.gif_SoMG2ak4PE_6hs0pqvsctzmio0hocivestgzxlpp0h1k7ieusltht3n1ncpkuwfmadnudxb_j4ug8DDJdw_habt5b14snh9ttl4gndbocywikx4dpdbwhncgzpgzv0ei10fcps3tuqy3vy2.gif)
प्रतिक्रिया