रौतहटमा सशस्त्रद्वारा ६ महिनामा ३३ लाख बढीसहित ५ जना पक्राउ

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा स्रोत नखुलेको ३३ लाख भन्दा बढी रुपैया सहित हुण्डी कारोबारमा संलग्न ५ जना मानिसलाई पक्राउ गर्नुका साथै तीनवटा मोटरसाइकल बरामद गरेको छ ।सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ । 

मोटरसाईकलको सीट मुनि लुकाएर उक्त सुपैया ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० बर्षीय गजेन्द्र राय यादव लाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले बताएका छन।बरामद मोटरसाईकलको २ लाख रुपैयाँ मूल्याङ्कन गरी नगद १४ लाख ४० सहित यादव लाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एस्पी हुमागाईंले जानकारी दिएका छन।

२०८० माघ ५ गते ५ लाख ९४ हजार सहित एकजना मानिसलाई मोटरसाईकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो।२०८० पुस २० गते ५ लाख ११ हजार,८७५ रुपैया सहित दुई मानिस एकथान मोटरसाईकल, सोही महिनाको ५ गते भारतीय रुपैया ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँ सहित एकजना मानिस लाई पक्राउ गरेको थियो।माघ महिना देखि हालसम्म सशस्त्र प्रहरीले रौतहटको बिभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार,८७५ रुपैया सहित ५ जना हुण्डी कारोबारमा संलग्न मानिसलाई पक्राउ गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित