जनतालाई भ्रममा राखेर आफ्नो दुनो सोझ्याउन खोज्नेहरु विरुद्ध एकजुट हुन नरेश रंजितको अपिल

भत्तपुर । भक्तपुरको हनुमते खोला बागमती नदीको प्रमुख सहायक मात्र नभएर उपत्यकाकै सभ्यताको पहिचान पनि हो । तर, पछिल्लो समय यो खोला मिचिँदा सर्वसाधारणले दुःख भोगीरहेका छन् । वर्षाको समयमा भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकामा हनुमन्ते आसपासका बस्ती सधै डुबानको जोखिममा रहने गरेका छन् । आर्थिक वर्ष २०७५र०७६ बाट नै सल्लाघारीको पुलदेखि बालकुमारी पुल सम्म करिव ९ किलोमिटर हनुमन्ते नदीको दुवै किनारामा ८ मिटर चौडा कालो पत्र सडक, १ देखि २ मिटर चौडा फुटपाथ र १० मिटर चौडा हरियाली क्षेत्र बनाउने भनिएपनि त्यो काम अझैपनि अलपत्र बन्न पुगेको छ ।

बागमती सभ्यता एकीकृत विकास समितिले हनुमन्ते खोला व्यवस्थापन गर्न खोजेपनि जग्गा बिबादको कारण त्यो सम्भव हुन सकेको छैन । हनुमन्ते करिडोर यो क्षेत्रकै बिकास र सभ्यताको घोतक तथा लाइफ लाइन हुनसक्छ । तर, यसको समस्या सुल्झाउन राजनीतिक र प्रशासनीक नेतृत्व उदाशीन देखिन्छ । यसका लागि अघिल्लो आर्थिक वर्षमा विनियोजित २ अर्व रुपैंयाँ कामै गर्न नसक्दा फ्रिज हुनपुग्यो भने यस आर्थिक वर्षमा पनि सरकारले बिनियोजन गरेको १५ करोड रुपैयाँको कुनै काम हुन सकेको छैन ।जनताको करबाट हनुमन्तेलाई यो वर्ष प्राप्त १५ करोड रुपैयाँ खेर जान दिने स्थानीय सरकार, राजनीतिक र प्रशासनीक नेतृत्व तथा सरोकारवालाले यसको जवाफ दिनुपर्ने स्थानीय नेता एवं सामाजिक अभियन्ता नरेश रंजित बताउँछन् ।

वाइसिएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज समेत रहेका मथिनपा-३ का स्थानीय नरेश रंजित राष्ट्रको लागि दुई घण्टा अभियानका उपाध्यक्ष समेत हुन् । हनुमन्ते सरसफाई अभियानको प्रमुख अभियन्ता रही १ सय हप्ता सरसफाईमा संलग्न भएका रन्जितले हनुमन्तेका लागि आएको रकम प्रयोग गर्न नसक्नु नालायकीपन भएको बताएका छन् ।जनताको रगत पसिनाको बजेट फ्रिज भएको छ, हनुमन्ते अव्यस्थित छ भन्दै उनले सार्वजनिक रुपमै आक्रोश पोखेका छन् । हनुमन्ते डुबानले हुने जनधनको क्षतिको जिम्मा बजेट फ्रिज गराउनेहरुले नै लिनुपर्ने उनको भनाइ छ ।” करिडोरको एजेन्डा उठाएर चुनाव जितेको जस्तो सजिलो छैन ।” उनले भनेका छन् । हेक्का रहोस ?हिजो डोजर लगाउन रोक्नेहरु निर्वाचित भएर के हेरिरहेका छन् रु” उनले जनप्रतिनिधिलाई प्रश्न पनि गरेका छन् ।

चारदोवाटो ब्लक कारखाना लगायतका हनुमन्तेको सार्वजनिक जग्गा हडप्न काम गर्न नदिएको हो भने युवाहरुले त्यसको भण्डाफोर गर्ने उनले चेतावनी दिएका छन् । सार्वजनिक सम्पत्तिको रक्षा र सदुपयोगमा आफूहरू कसैसंग सम्झौता नगर्ने उनको उद्घोष छ । जनतालाई भ्रममा राखेर आफ्नो दुनो सोझ्याउन खोज्नेहरु विरुद्ध आम विकासप्रेमी, हनुमन्तेप्रेमी र प्रकृतीप्रेमीलाई एकजुट हुन उनले अपिल समेत गरेका छन् ।‘हिजो करिडोरमा राजनीति गरेर जनताको रगत पसिनाले तिरेको करको २ अर्ब बजेट फ्रिज भएको बिर्सेको छैन र अहिले प्रदेश सरकारको १५ करोड फ्रिज गरेको हेरिसक्यौं । अब अझै कति चुप बस्ने रु उनले सचेत वर्गलाई प्रश्न गरेका छन् । विकासप्रेमी, हनुमन्तेप्रेमी र प्रकृतीप्रेमीहरु मिलेर हनुमन्तेलाई एक नमूना नदीको रुपमा पुनर्जीवन दिनुपर्नेमा नेता एवं अभियन्ता नरेश रन्जितले जोड दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित