श्री महेन्द्र आर्दश माध्यमिक बिघालयका शिक्षक शिक्षीकाहरु थ्रि डि आर्ट म्युजियममा

ललितपुर ।
ललितपुरको इमाडोलमा रहेको श्री महेन्द्र आर्दश माध्यमिक बिघालयले शिक्षक शिक्षीकाहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको छ । बिघालयले आज बिघालयमा अध्यापन गराउँदै आउनुभएको ३५ जना शिक्षक शिक्षीकाहरुलाई ललितपुरको इमाडोलको वचु हाईटमा रहेको नेपालको पहिलो र एक मात्र थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको प्रध्यानाध्यापक एक बहादुर भण्डारीले बताए ।

शिक्षक शिक्षीहरुकोलाई मनोरन्जनका साथै भित्ते चित्रका बारेमा जानकारी गराउने उद्देश्यले भ्रमण कार्यक्रम गरिएको समेत प्रध्यानाध्यापक भण्डारीले बताए ।

भ्रमण कार्यक्रममा सहभागि शिक्षक शिक्षीका लगाएतलाई संस्थाका संस्थापक अध्यक्ष सुन्दर बिष्टले स्वागत गर्दै बिघालयका शिक्षक शिक्षीकाहरुलाई म्युजियम भ्रमण गराउने कार्यक्रमको संयोजन गर्नु भएकोमा
प्रध्यानाध्यापक भण्डारीलाई धन्यबाद ब्यक्त गरेका थिए ।

म्युजियम परिबारले स्वागत नृत्य सहित शुरुवात गरिएको कार्यक्रममा सहभागीहरुले करिब ३ घण्टा बिभिन्न थ्रि डि आर्टमा फोटो र भिडियो बनाएर रमाइलो गरेका थिए । कार्यक्रमको अन्त्यमा शिक्षक शिक्षीकाहरुको सम्मानमा केक काटेर रमाइलो समेत गरिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित