अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rashid.png_HD4fzzJXmf_luqsapsownp4m5cohebevoqwljtpvgkjrpqghtritxu11pn3vhhuqbsezjhk_q6LNDggH1Q_qrqg098ppa3bdwi9r6xlgkyuhqjd4yyzeoguobsmdih3jzakquztbwv2lp4w.png)
काठमाडौँ । जारी टी–२० विश्वकपको सुपर ८ अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि क्रिकेट जगत तरंगित बनेको छ ।शानदार जित हासिल गरेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो जित आफुहरुको लागि अहिलेसम्मको ठुलो जित भएको टिप्पणी गरेका छन् ।
उनले खेलपछि भने- 'यो टोली र देशका रूपमा ठूलो जित हो । हामीले पछिल्लो दुई वर्षमा यस्तो जितलाई धेरै पटक गुमायौं । हामी २०२२ र २०२३ को विश्वकपमा केहि रनले जितबाट बन्चित भयौं ।'कप्तान राशिदले यस खेलमा खेलाडीको खेलप्रति आफुलाई गर्व रहेको बताए ।उनले भने, 'हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं । हामीले यस खेलका लागि १४० रनको राम्रो स्कोर हो भन्ने सोचेका थियौं, तर हामीले चाहेको जस्तो इनिङ्स पूरा गर्न सकेनौं । यो यस्तो विकेट हो जहाँ तपाइँ कहिलेकाहीं संघर्ष गर्नुहुनेछ र हामीले अन्त्यमा संघर्ष गर्यौं ।'
उनले यस खेलमा सबैभन्दा महत्त्वपूर्ण ओपनरहरूले राम्रो सुरुवात दिएको बताए । अस्ट्रेलिया विरुद्ध अफगानिस्तानका ओपनर रह्मतुल्लाह गुरबाज र इब्राहिम जद्रानले ११८ रनको साझेदारी गरेका थिए । उनले आफुहरु यस खेलमा १३० भन्दा माथिको जुनसुकै स्कोरलाई सजिलै रक्षा गर्न सक्षम हुनेमा विश्वस्त रहेको बताए । उनले भने, 'हाम्रो लागि यो सुरुवात मात्र हो, अगाडि ठूलो खेल छ । र हामी सेमिफाइनल पुग्ने पूरा आशा राख्छौं ।'विश्वकपको सुपर आठमा अब अफगानिस्तानले मंगलबार बिहान बंगलादेशको सामना गर्दै छ । सो खेलमा जित हासिल गरेमा अफगानिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढी रहेको छ ।
![टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Head.jpg_0n3Ty13oc5_is6zxif3g6ufljmru8xtxpzrsy1p3pv6haqupurbftqoac2egfe9weavdrvh_BepNO6j8iN_wqdgwihy9mxx1k8m3icxyjnyjf1xqkfgq8vjux634mlnh7f3oj2puhbbuqq8.jpg)
टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा
![क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान](https://snowberry.prixacdn.net/media/gallery_folder/anil.jpg-3_tsKB563Qnr_lrtrtvnka2yfjrfkezk9iiqiihkyfucz1pc5pfnzdocegkccgzpqdx5dda5z_Gt7cmsSOTK_vlhbeslwssxpqdfheyfkqou0yshnfsju4vvx1by2bmbzowigorokp02a2czn.jpg)
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
![लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/news_1719385320.jpg_mntYCHgJHs_jbrbsnqs0oiiwk0l4wrqfrvmmgbrusnjxo1og22yteewe3wyrg68uutfgpfk_v0OrChqjal_vswp9mcullcao0kv94wtpahngrxyngl4hq1qabjzqad7ysyn9rfcavt0qjoo.jpg)
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
![जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/72176810-6237-4BCC-BEFB-9F008EC1F1A7_uOX9lYp3oI_hewmsk5zpxjzwhzcca9tab3oryvf1dwyv1zlicfeg0splpnnsca1vpelmu5j_JpV4RruH3O_novqeo1pe3domfoomckydhpihnjobpahcuytsbpie8vs4nusum1viulibaip.jpeg)
जर्मनी र स्वीजरल्याण्ड युरोकपको नकआउट चरणमा
![बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी](https://snowberry.prixacdn.net/media/gallery_folder/Aus.jpg-4_nn2W9FASoJ_olkhm9bpxfpx1bincb0cmynqsb7av3zryxg6kzvcs0gujbg5qn6ennohde7x_IJkD1Ifc9S_x2dld2noyoprcx65sj4uoio2c3inqg4mpvpywejljtakou1uyg7z1wnezvdq.jpg)
बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी
![लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/0777197D-5AB0-49DA-9F89-BBBC88D1A4EB_oZbRUR9tVt_3bqnkfn9txroain1kv9cjlflr3x0jxawydwe4t7iwkaxilt0uhi8mpjjvtog_TbECGWJOM3_nmmyrntb9ehmdusequc4s1giyxmoyvx2qh0bhtvppgyt6k1hkckjr5vfodhu.jpeg)
लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा
![केन विलियम्सनले छोडे कप्तानी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kane.jpg_sHDYK0pz2h_nzsq1abj7rtvyejjcxnmfivvi7fu9ludulbdngych1vudovjmxu9kl7iridg_Lk6r76IQpE_vt2wpqi6ein3xv3qxcdxgdykkwdc7omglu0stamlmdiicrbomb8ron3mynft.jpg)
केन विलियम्सनले छोडे कप्तानी
![टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/Ban.png_W7b3nYv9ZI_kzgxcv9mnoqipeasrskfg5atb4djrs0okwraxj2avaukj1t4eaz3qzsgjtqa_zaWZpC1lgp_uw2kz3ziyuivblcxlqswj0z006xnvyc6xknjaskq9bfjehecdb3zwrjal8p7.png)
प्रतिक्रिया