कल्भर्टमा कार खस्दा चालकको मृत्यु

काठमाडौं — काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

मृत्यु हुनेमा नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेको पनि प्रहरीले जनाएको छ । अहिले कार कल्भर्टबाट निकालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित