ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाईते
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Accident.jpg-15_Sx5go14QWq_uhulxsfalq1rwt4dw6iyq0lc47jxgwnjqtaqcmolsrjgldoov8nzjt1ftfjj_8wLZhTPEcK_usantp3meizml9dzjsrcigt8fzmszgkwtvdwu4oa10cmtpinm6tgdwttxa0e.jpg)
रौतहट । ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य ८ यात्रु घाइते भएका छन् ।गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले बताएका छन् ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । एकजना यात्रु २६ बर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भईरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताएकी छिन्।
अन्य सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भईरहेको छ । दुर्घटना पछि बसका चालक र सहचालक फरार रहेको दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। एकजना प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन् ।
![पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_bfqEpwdnOg_x1by6wcdcddbam2xtql0nvj0hcgcifkuwnkbv2lsp4ccmyrv45rtwpymnui1_fr5ZWKq5ZV_87lq6fssrjxzswxjgdchlbbh9vaabl0gxjcyqkn6mnu9zaqxta5eblhen74r.jpeg)
पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ
![पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_bfqEpwdnOg_x1by6wcdcddbam2xtql0nvj0hcgcifkuwnkbv2lsp4ccmyrv45rtwpymnui1_vqcqYttBKu_l5snr3m5c7ebzebtqzpfvsbs72deszvqatmydrbezvutyg9rahplyq4ssh4n.jpeg)
पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ
![एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_HqtURurrMu_70zygd53xifqrttta8k9jinlt8ygmlhyuhitxh7d8jj80dnknjupywyqgkuq_mGNZOiK489_lh7kz3da0qw9yz6erzlkex3e2mgsoqzwkkze8x8db0t1u1su5g29xjsypeo7.jpeg)
एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
![लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउपछि सार्बजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/arrest_vdN40KQMXl_ofbiuat9kctoy4ujkwaeskefa4y1efxscuhtb3pxvmtccjjmppqv44oq9rqf_IZOoIlndgb_hopp7sagph1u7bhb4l2pz25swymbttcddjiodswjalsbilclcxr3cv35yq6s.jpeg)
लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउपछि सार्बजनिक
![कल्भर्टमा कार खस्दा चालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/3E5C503F-67E7-4C12-9924-646CF8ADBEA9_fMMO7wUtH5_s9t7pomexh8cne4bfcc5tbluitvv5rgzzpfga16rj2mt1qtdse2wlxugbgir_TkPpDEhuXE_zdnmvityjbffuwb780wla78cur1uvl6zqvh6u3xwzcia30hvthrzikjl0ldm.jpeg)
कल्भर्टमा कार खस्दा चालकको मृत्यु
![बहिनीको हत्या गर्ने पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news718920._jePNYNv9ha_lnqzydxbjiz1dr9z7k3rkset6qfwt8qpi4omw6bf3vniecpesnwdpp9jobcm_kwKE4fYG3A_ykykplxbfltxqzjx9na0wc5bsodzdesflyk5r8vq7y5wvsq9kftrigzz4hpm.jpg)
बहिनीको हत्या गर्ने पक्राउ
![रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news718990._RMeWiX7Kiv_ezfquqrifob6bdmezi8tuxfhngnkjzdfgv5f6mhjy9xrjlz9q6lr2okmickr_JQOkRLdyCc_tvwzw32uzylqhbxiyaqgovffybzb3wdjjxyfmn7luoqcsb1vbpfswnb9zgte.jpg)
रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर
![रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/jail.jpg_mZvkQGtntN_h1pizmexvr5hvxa8rxtwz9upwqh6gqfhopgka54uiemqgwyyqq4gaw6yy8jp_BX0zWOmGS6_zoopvcvxhwhmowmfbfzgiuo2lowjxf6hr87tu7otlhygcpbcje0bd9qvi3qa.jpg)
प्रतिक्रिया