बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस विसौनी शुभारम्भ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Falcha.jpg-1_D58avoYt2a_tj3kimw4udk9ff9lhz9miofqy2h60lu6erdaqjq1mmhtqq1qkqrbziowynpp_K6lAcDeouF_wg1y0jhw6nms6oq2brr86nxf0ouxuu6ofn3rcud5jxctzxvomn6sowadbddn.jpg)
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि (२०८१ जेठ १ गते) बाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।
‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ ।’ समुदघाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले भने, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’ परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ््याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार के. सी. ले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयबासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो ।
कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उन्का अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ । फल्चा उद्घाटन अवसरमा जम्मा भएका स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्शाएको प्रतिक्रिया दिए । यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए ।
![वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ‘राष्ट्रको लागि २ घन्टा अभियान’ मा एलओडी क्लवको सहभागिता](https://snowberry.prixacdn.net/media/gallery_folder/LOD%2520Rastra_dc8VEXMCfT_nv3ozisjht72o8wplsggucilkuzhrymjvqhfnpeahqhthvckreoqt04c6fn9_73uwSI3GZi_jsikjw4wv5t92qtkoittv0cvuyxwv2rxwz8wdi9cawrhztq6hchcekefpwk3.jpeg)
वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ‘राष्ट्रको लागि २ घन्टा अभियान’ मा एलओडी क्लव…
![एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/88A8E64D-2DB7-476F-AEC9-E39B3D8E328D_qe4fXINn3i_atzeewbgfo7ka7k0hhssmmqmonni0nebavl9caeznlw71zlxkt4hbhr3ufts_oB4S33sxzh_zpqy8bxdcq8befje3uf5clvupo56vjv8npufsdzi3uxhuqhrx18e5ekbfok2.jpeg)
एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने
![मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_KHwjrj95Qm_gz4vouvdhrtlkpfekuu90kkaqtb4fsgymjzjjpgacdb0aqsy6fppup1etkyr_74FAKD1lUt_wsrc1bm2m6jgsgbym7wxf1cj3iihlr2sctuv18fj3jdoyfrtlfrjbzo4rslr.jpeg)
मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य
![गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Pahiro_Gulmi.jpg_JwqN6RSrFu_twf6ifsppqerixnslp1wejupmicsj29aefjmh6jh6cezdf4l9naqct1qlsfn_2Ww3KXsqGj_drycqsgqmpubofheeglzips60qquvvnwnmi0gefuflpom435umc1giipoghd.jpg)
गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु
![सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Chatyang-death_3AJk70mumt_FGY1RDQrHx_vfgeqlzn1iruerebyrxkvviqwfzhinub32zp2ozhphbmaggwot8nvwkm9eri_84cg6dzZ8W_o3egizndhnxresp7ergr5yil7yoiniliygmgcpepf6quocrvgkcyjwad4uae.jpeg)
सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु
![रामेछापमा बस दुर्घटना](https://snowberry.prixacdn.net/media/gallery_folder/Bus.jpg-1_P5TEEqt23Q_lwvi96qitvyobwsx822mcjhcdwv2fxgqcfcc725oawyyqbnkadf5dg3vrrc0_1608nZiIWc_n6loqu5s2xvmy7hknucarjcazlxtlheuu2eg9wgjixq3libaqisn6ppzuytz.jpg)
रामेछापमा बस दुर्घटना
![महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक](https://snowberry.prixacdn.net/media/gallery_folder/1025D2E5-84E2-4A61-A21D-0368EEA35315_CSBrFbpVKL_1qlmwezgh7zdzavb4sybtarqif2krkftejffqvnpa3mozcz2ygskkswfewhw_YfVI0iRgx0_9lbt1mdb0o0xca2ngzkgudrm4oxvv80udr8v1mtkwazcrnxr7mswrjeyokus.jpeg)
महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
![रौतहटको पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp-Image-2024-06-27-at-11.27.43_5fddce5d.jpg_1jW9V15lEF_gquj1x6ajirsdytrtzufflp2a41kk4plzso39yz4o2gzayaw4t185tkahmus_7xqQM9HwNq_0kiqkvdkabemcpvckhaxzzvymxt8qetx3ys0b1c8tiljopozme0y0bt7l9ym.jpg)
प्रतिक्रिया