संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन तीन दलले बनाए कार्यदल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Karydal.png_A2Sgq5ruV4_46lckuk4az1rhco4lyw02iurzunu3dgxudr3gzco9sot8ogx8libf3b3uhqz_WaZJhYDGb6_bccwucjmsypm8af1crs3hax2wel9luzewxlgdfzqxyanullicmemm3zgclqh.png)
काठमाडौं । मुख्य तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन तीन पार्टीबाट एक-एक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो ।
सोही सहमतिपश्चात टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न आइतबार तीन दलबाट एक-एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र आफू र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने छ ।
टीआरसी विधेयकका अधिकांश बुँदामा सहमति भए पनि चार बुँदामा सहमति कायम हुन नसकेको देखिएको छ । तत्कालीन प्रतिपक्ष रहँदा पीडितलाई न्याय दिनेभन्दा पनि पीडकको सजाय घटाउने निहित स्वार्थ माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको रहेको विश्लेषण एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । मानव अधिकारका गम्भीर उलंघन गर्नेलाई सजायको दायरामा ल्याउनुपर्ने र आममाफि दिन नहुने पक्षमा एमाले रहेको छ ।पीडितले न्याय पाउने गरी मात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक टुंग्याउनुपर्ने एमालेले बताउँदै आएको छ । साथै स्वेच्छाचारी ढंगले सजाय घटाउने कुराले संक्रमणकालीन न्यायको उपहास मात्रै हुने एमालेले अडान लिदै आएको छ ।
![निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ](https://snowberry.prixacdn.net/media/gallery_folder/Nisha.png_iv7qtTiSAl_ojwlmqlnbarbqwomkdp4e3juwsvecxrgxbghxhudstd01lnuv4wwcc2h6hrq_oUb5QbyUhm_oudunypwj9uhdw6p188ahnmboclypf4vkoxbdkzre3mfui2t1ny5eqerjcgy.png)
निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ
![राष्ट्रिय सभाको बैठक आजपनि बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/rastriya-sabha-baithak-1536x1024%2520(1)_v9cuQN7ipZ_llxw0lpl92smlajfw16iqmwjiou9f98fadfzjoqd878euptor96s5hja6rnv_yPKDNTExXR_vvrk5lhsxe1embetdnscbk9nn2ixrqqnr1qzcdygil4s2mgjd0vqcrnquzox.jpg)
राष्ट्रिय सभाको बैठक आजपनि बस्दै
![बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi_25.jpg_nzinsurOAA_rxozjshkrnbolrt3isb4lafmzv2k9sukbdywh0wakxevztptfvm8my3dt2bj_6nZ1Nt918x_1gw263aawtwa3ygzm822oxqrttx6naru55vbbohduikg0k33lspd8qehrsz4.jpg)
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए
![एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा](https://snowberry.prixacdn.net/media/gallery_folder/3CD458C0-5509-426B-8D45-0F2B10A5D5DB_mNJpUcScni_jquska0bccjy3nv5xmldo06drgnajb0wtio6abuhmj2uypiockdth7umkjtg_FYXjzoU40U_dd0agnrsekynmdsyof6wup7lbxz4qesyrmqfohiher4ps0levupmehgaah4z.jpeg)
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
![कांग्रेस-एमालेको गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको छ- राप्रपा नेपाल](https://snowberry.prixacdn.net/media/gallery_folder/RPP-Nepal.png-2_hkAXRqwE7n_uzrjkanw2qys80xf1wifn6p0liaumvzwauy7u7nfblbeftnuljppheboohuz_S6ZAAZDyV9_kv6lwi6iz9dvdmx3rxngx4imfcw8p7ohr2ggcvlh0isbpptpccug4gg0vclb.png)
कांग्रेस-एमालेको गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको छ- राप्रपा…
![विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ- प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/PM.png-7_iH3MKv4kli_fdxeidhiipgpww9o6w2awb5dqz4juks6zwjl39f96jnmlvwsjfjngsuszthx_W3WRt1iW7z_x6vbz35mvihogz59j5czf6fqnp4djvchvvkqcowwhtimkv9vjj6ve2ndygfr.png)
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ- प्रधानमन्त्री
![एमालेका मन्त्रीले आजै राजीनामा दिने](https://snowberry.prixacdn.net/media/gallery_folder/UML_MBMocB1ym0_gmifsqetffiy9nbk5qbazqhvpnq5eymlh65wnpfuoa8ntqz7pgq7kw4xvvoq_haLmYc8O8h_2ztmklbq075tuv2tlhuloufoe36ld2noxrcordhlrjvifenuy34v1pdudpea.jpg)
एमालेका मन्त्रीले आजै राजीनामा दिने
![मुकुलले मुखमा टेप टाँसेपछि बुर्लाकोटीले पेश गरे प्रतिवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/Raswapa_7.jpg-4_wwjo2bLxsg_wfie1ddlivtfsm8nl9isiet0ck2mdu0y0dxemguttqszh6yr9o0kqwcoaelc_hUiEcJhWKI_wccvssgtc1juvzvahtgih7idkmcrlnzor5zs4mjypcrmno14gwst2bx1nrjb.jpg)
प्रतिक्रिया