काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो

काठमाडौँ । काठमाडौँको नयाँबजारमा सडक भासिएको छ ।सडक भासिएर बनेको खाल्डोमा एउटा मोटरसाइकल समेत डुबेको छ।

मोटरसाइकलमा दुई जना सवार रहेको उनीहरु सकुशल बाहिर निस्किएका थिए। खाल्डोमा परेको मोटरसाइकल पूर्ण रूपमा डुबेको थियो।खाल्डोमा डुबेको मोटरसाइकललाई क्रेनबाट  निकालिएको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।

सडक भासिएर जमिनमुनीबाट पानी आइरहेको छ।  सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ । सडकमा ठूलो खाल्डो परेको छ । अहिले खाल्डोको पानी बाहिर निकाल्ने कार्य भईरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित