भक्तपुरमा नि :शुल्क स्वास्थ्य शिबिर संचालन हुँदै


भक्तपुर । 
भक्तपुरमा नि :शुल्क स्वास्थ्य शिबिर हुने भएको छ । भक्तपुरको एक मात्र महिला बिघालय आस्था महिला बिघालयको आयोजनामा भक्तपुरको गट्ठाघरमा आगामि शुक्रबार निशुल्क पाठेघरको मुखको क्यान्सरको चेकजाँच ,रोकथाम तथा स्त्रीरोग सम्बन्धी सम्पुर्ण परामर्श र उपचार , आँखा जाँच , उपचार एबम् नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम समेत हुन लागेको आस्था महिला बिघालयकी प्रध्यानाध्यापक बिना देउजाले बताउनु भयो । 

आस्था महिला बिघालयका ब्यबस्थापन समिति अध्यक्ष तथा मध्यपुर थिमी नगरपालिका वडा नं ३का वडाअध्यक्ष  कृष्णहरि आचार्यको प्रमुख आतिथ्यतामा आयोजनामा हुने लागेको शिबिरमा लायन्स क्लब अफ भक्तपुर नागरिक , लायन्स क्लब अफ भक्तपुर निलकंठेश्वर तथा नागरिक कम्युनिटी टिचिड हस्पिटलको समेत सहभागिता रहने बताइएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित