मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत

मुगु   हिमाली जिल्ला मुगुका ३५ जना किसान पुस्कृत भएका छन् । ३ जना मुख्यमन्त्री उत्कृष्ट किसान बाट र ३१ जना  प्रोत्साहन बाट पुरस्कृत भएका हुन । जसमा मुख्यमन्त्री उत्कृष्ट किसान बाट छायानाथ रारा नगरपालिका वडा नं १३ का अंगबहादुर रोकाया प्रथम भएका छन् । उनी बिगत देखिनै कागति खेति गर्दे आउनु भएको छ । यस्तै सर्मिला कार्की दोश्रो भएका छन् भने जासन्त कुलाल तेश्रो स्थानमा आएको कृषि बिकास कार्यालय मुगुले जनाएको छ । 

कार्यालयका अनुसार उनीहरु लाई क्रमश ४० हजार ३० हजार र २० हजार नगद सहित सम्मान पपत्र प्रदान गरिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीले बताए । उनका अनुसार अन्य ३१ जना लाई रैथाने बाली , खाद्यान्न बाली दलहन  तेलहन बालीमा ५ रोपनी सम्म गर्ने २० हजार र यो भन्दा बढि प्रति रोपनी २ हजारका दरले नगद रकम पनि वितरण गरिएको शाहीको भनाई छ । त्यस्तै फलफुलमा एक सय बोट बरावर २० हजार रकम प्रोत्साहन स्वरुप सम्मान पत्र र नगद हस्तान्तरण गरेको बताईएको छ ।

आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्की , प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि लगायत अन्य सरोकारवाला निकायहरुले किसान लाई नगद र सम्मान पत्र सहित पुरस्कार बितरण गरेका थिए । यो कार्यक्रम बिशेष गरेर किसानहरु लाई प्रोत्साहन , हौसला र प्रेरित गर्न कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन र कृषि पेशा बाटै आत्म निर्भर बन्ने हेतुले यो कार्यक्रमको थालनी गरिएको कार्यालयले जनाएको छ ।पुरस्कारले व्यवसाय प्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको किसान अंग बहादुर रोकायाले बताए । उनले अनुदानमुखीभन्दा पनि किसानको उत्पादन मुखी र आत्मनिर्भरमा कृषिका कार्यक्रम हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

सम्बन्धित